रमितेखोलाबाट ३० किलोवाट विद्युुत्

उर्लाबारी (मोरङ), १८ जेठ –

मोरङको उत्तरी गाविस रमितेखोलाबाट ३० किलोवाट विद्युुत् उत्पादन गरिने भएको छ ।

जिल्ला विकास समिति मोरङले राष्ट्रिय प्रसारणलाइन पुुग्न नसकेका ठाउँमा विद्युुत् पुुरयाउने उद्देश्यले रमिते खोलामा मिनिग्रिड राखेर विद्युुत् उत्पादनका लागि काम सुरु गरिएको जनाएको छ ।

रमितेखोला–२ स्थित बैकुुन्ठे बजार नजिकको रमिते खोलामा दुई वर्षभित्रमा काम सम्पन्न गर्ने गरी सम्झौता भएर काम अगाडि बढाइएको स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले बताउनुभयो ।

परियोजनाबाट सो भेगका ६० घरपरिवारले विद्युत् उपभोग गर्न पाउनेछन् । विद्युत् उत्पादन हुने भएपछि सो क्षेत्रका बासिन्दा उत्साहित भएका छन् । उत्पादित विद्युुत्बाट एउटा मिल, विभिन्न विद्यालयमा कम्प्युुटर तथा सो क्षेत्रका ६० परिवारलाई सहजै विद्युुत् सेवा पुुग्ने स्थानीय विकास अधिकारी मैनालीले बताउनुभयो ।

उज्यालो कार्यक्रमअन्तर्गत रु एक करोड ३० लाखको लागतमा विद्युुत् उत्पादन गर्न लागिएको वैकल्पिक ऊर्जा कार्यक्रमका ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button