राप्रपा नेपाल कास्की क्षेत्र नं. ३ र ४ को बिशेष बैठक सम्पन्न

पोखरा, १८ पौष –

हरेक वडा हरेक गाउँमा राप्रपा नेपाल भन्ने केन्द्रीय राष्ट्रिय अभियानलाई सार्थकता दिलाउन राप्रपा नेपाल कास्कीको क्षेत्र नं. ३ र ४ को विशेष बैठक शनिबार सम्पन्न भएको छ । अभियान अन्र्तगत १ र २ मा वैठक सम्पन्न भइसकेको अञ्चल सचिव तथा राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथी तथा गण्डकी अञ्चल संयोजक तथा केन्द्रीय सदस्य रमेशबहादुर भट्टराईले सांगठानिक विस्तार अभियानलाई तिब्रता दिन आह्वान गरे । ‘जनताको मन जित्दै सांगठनिक विस्तार गर्नु नै अहिलेको आवश्यकता हो ।’ भट्टराइले भने ‘त्यसका लागि सम्पूर्ण नेता कार्यकर्ता एक हुनुको विकल्प छैन ।’ साथै उक्त अभियानलाई आफ्नो सदैव साथ रहेको र जस्तोसुकै त्याग गर्नपनि तयार रहेको उनको भनाइ थियो ।

कार्यक्रममा गण्डकी अञ्चल संयोजक तथा केन्द्रीय सदस्य भीमसेन गुरुङ, केन्द्रीय सदस्यहरु रोमबहादुर भण्डारी, देविजङ्ग गुरुङ, शिवकुमार बाँस्तोला, जिल्ला उपाध्यक्ष भोलाजङ्ग सुवेदी, प्रेमबहादुर मल्लले अभियानलाई पूर्णता दिलाउन सबै लाग्नुपर्ने बताए । बैठकमा कोषाध्यक्ष धमेन्द्र थापा, क्षेत्रीय अध्यक्ष गीता गुरुङ, भीष्मपिता लक्ष्मण कार्की, पार्टीका सल्लाहकार, वडा अध्यक्ष, भातृसंगठनका अध्यक्ष, विद्यार्थी संगठनका अध्यक्षहरु, जिल्ला कार्यसमितिका सदस्य, नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । क्षेत्र नं. ३ का क्षेत्रीय अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन क्षेत्रीय उपाध्यक्ष पुजा शाहले गरेकी थिइन् ।

त्यसैगरि क्षेत्र नं. ४ मा बोल्दै राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनले संगठनका लागि गुट उपगुट तथा व्यक्तिगत स्वार्थलाई बेवास्ता गर्दै अगाडि बढ्न सके संगठन चुस्त दुरुस्त हुने बताए । देशमा हाल राष्ट्रवादी शक्तिहरुको आवश्यकता देखा परेको बताउँदै अध्यक्ष पुनले अर्काको बहकाउमा नबगीकन संगठनलाई मजबुत बनाउनुपर्ने औंल्याए ।

कार्यक्रममा अर्का वक्ता धौलागिरी संयोजक तथा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले अहिलेको परिस्थतीमा देशभक्त तथा राष्ट्रप्रेमीहरु एउटै बन्धनमा बाँधिनुपर्ने भएकाले राप्रपा नेपालमा संगठित हुन आह्वान गरे । त्यसैगरि प्रशिक्षण विभाग सदस्य वरुणविक्रम राणाले आफू र आफ्नो घरबाट नै परिवर्तनलाई आत्मसाथ गर्नसकेमा सामूहिक लक्ष्य र उद्देश्यमा पुग्न सकिने बताए । कार्यक्रममा जिल्ला उपाध्यक्षहरु नेत्रबहादुर बस्नेत, भीम भण्डारी, जिल्ला सदस्य धुव्र गुरुङले अभियानलाई सबैले साथ दिनुपर्नेमा जोड दिएका थिए ।

राप्रपा नेपाल कास्की क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष जीवन कुँवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । साथै अञ्चल समन्वय समितिको बैठकलाई सम्बोधन गर्न तथा अभियानबारे पार्टीको धारणा प्रष्टायाउन राप्रपा नेपालका केन्द्रीय महामन्त्री धवलशमशेर राणा आइतबार पोखरा आउने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमलाई सफल तुल्याउन राप्रपा नेपाल कास्कीले सम्पूर्ण नेता कार्यकर्ता तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button