राप्रपा नेपाल कास्की क्षेत्र नं. २ को बैठक सम्पन्न

पोखरा, १३ पौष –

राप्रपा नेपाल कास्कीको क्षेत्र नं. २ को विशेष बैठक सोमबार सम्पन्न भएको छ । हरेक वडा हरेक गाउँमा राप्रपा नेपाल भन्ने केन्द्रीय राष्ट्रिय अभियानलाई तीब्रता दिलाउनका लागि विशेष बैठक आयोजना गरिएको अञ्चल सचिव तथा राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथी तथा पार्टीका केन्द्रीय सदस्य रोमबहादुर भण्डारीले संगठनका लागि गुट उपगुट तथा व्यक्तिगत स्वार्थलाई बेवास्ता गर्दै अगाडि बढ्न सके संगठन चुस्त दुरुस्त हुनेमा जोड दिए । आफू र आफ्नो घरबाट नै परिवर्तनलाई आत्मसाथ गर्नसकेमा सामूहिक लक्ष्य र उद्देश्यमा पुग्न सकिने उनको भनाई थियो । देशमा हाल राष्ट्रवादी शक्तिहरुको आवश्यकता देखा परेको बताउँदै केन्द्रीय सदस्य भण्डारीले अर्काको बहकाउमा नबगीकन संगठनलाई मजबुत बनाउनुपर्ने औंल्याए । साथै हरेक क्षेत्र विस्तारमा आफ्नो साथ रहने उनले बताए ।

बैठकका अर्का वक्ता तथा विशिष्ट अतिथी कास्की जिल्ला अध्यक्ष जयलाल पुनले अहिलेको परिस्थतीमा देशभक्त तथा राष्ट्रप्रेमीहरु एउटै बन्धनमा बाँधिनुपर्ने भएकाले राप्रपा नेपालमा संगठित हुन आह्वान गरे । ‘ बाह्य चलखेलका कारण राष्ट्रियता खतरामा पर्दै आएको छ ।’ पुनले भने ‘यस्तो अवस्थामा फरक एजेण्डा र राष्ट्रवादी अभियान बोकेको पार्टीमा एकत्रित हुन आह्वान गर्दछु ।’ यसैगरि पुष २७ गते हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य र सभ्य रुपमा सफल पार्न कार्यकर्ता तथा सर्वसाधारणलाई उनको आग्रह थियो । कार्यक्रममा जिल्ला उपाध्यक्षहरु नेत्रबहादुर बस्नेत, प्रेम मल्ल, बुद्धिमान दुरा ‘धम्पु’, जिल्ला सहसचिव रञ्जना सेन ‘पौडेल’, मुस्लिम समाजका केन्द्रीय सदस्य अमिर मिया, किसान संघका केन्द्रीय उपाध्यक्ष घनश्याम गौतम, उत्पीडित समाजका केन्द्रीय सदस्य लालबहादुर नेपाली, महिला संगठनकि तेजकुमारी अधिकारी, पार्टीका सल्लाहकार मनवीर ढाँसा, जिल्ला सदस्यहरु, भातृसंगठनका पदाधिकारीहरु, जिल्लास्थित नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

राप्रपा नेपाल कास्की क्षेत्र नं. २ कि अध्यक्ष गीता गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव निर्मल खत्रीले गरेका थिए । यसैबीच, क्षेत्र नं. २ लाई चुस्तदुरुस्त बनाउन आर्थिक तथा संगठन परिचालन समिति गठन गरिएको छ । समितिको संयोजकमा गीता गुरुङ तथा सदस्यहरुमा रञ्जना सेन पौडेल, बुद्धिमान दुरा ‘धम्पु’, मनवीर ढाँसा, मोतीमान शाक्य, डण्डीराज आचार्य र सदस्य सचिवमा निर्मल खत्री रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button