राष्ट्रियता र जनजीवीकाको कुरामा विभाजित नहुन मन्त्री यादवको आग्रह

पोखरा, २ जेठ –

सिचाई मन्त्री उमेश यादवले राष्ट्रियता र जनजीवीकाको कुरामा विभाजित नहुन आग्रह गरेका छन । आईतबार पोखरामा आयोजना भएको पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री यादवले राष्ट्रियता र जनजीवीकाको कुरामा विभाजित हुदा देशमा द्धन्द्ध निम्तीने भएकोले यस्ता कुरामा कुनै विभाजन नगर्न आग्रह गरेका हुन ।

उनले भने “क्षणिक स्वार्थको लागि सामान्य गल्ती गर्दा ठूलो क्षति हुन सक्छ,’ पत्रकारहरुले समाचार लेख्दा पनि ध्यान दिनुहोला, यदी तपाईले लेखेको कुनै सानो गल्तीले समाजमा ठुलो असर पार्न सक्छ । ” विकासका हरेक क्षेत्रमा महिला र पुरुषको समान ढंगले विकास हुनुपर्ने बताउदै उनले पोखराको हर्पन खोलाको बारेमा धेरै समस्या आएको हुँदा त्यसको संरक्षणमा लागि सरकारले पहल गर्ने जनाए । हर्पन खोला संरक्षण विना फेवाताल संकटमा पर्न भएकोले यसमा सरकारले उपयुक्त बजेट छुट्याउने प्रतिबद्धता जनाए ।

गजेन्द्र भण्डारीका परिवारद्वारा स्थापित गजेन्द्र भण्डारी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकार हरी बास्तोला र सौन्दर्यकर्मी एवं संचारकर्मी मीना गुरुङले स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कारबाट दिपक परियारलाई सम्मान गर्दै मन्त्री यादवले सम्मानले कार्यशैलिमा सुधार हुने बताए ।

उक्त पुरस्कार पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आएको छ । पोखरा–१७ घारीपाटनका बास्तोला राष्ट्रिय समाचार समिति पोखरामा विगत २६ वर्ष देखि कार्यरत छन् भने लेखनाथ–१३ कालिकानगरका परियार समाधान राष्ट्रिय दैनिकमा कार्यरत छन् । उनी विगत ८ वर्षदेखि पत्रकारिता गर्दै आएका छन । गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कारको राशि नगद २५ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्र र मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कारको राशि नगद ११ हजार १ सय ११ रुपैयाँ, दोसल्ला र सम्मानपत्र पत्ररहेको पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button