राष्ट्रिय स्तरको टेनिस भेट्रान्स प्रतियोगिता पोखरामा सुरु

पोखरा, १० पौष –

राष्ट्रिय स्तरको खुल्ला टेनिस भेट्रान्स प्रतियोगिता आज (सुक्रबार) देखि पोखरा रंगशालामा सुरु भएको छ ।

ventrance 5

सुक्रबार भएको उद्घाटन खेलमा पोखरेली खेलाडी विकास गुरुङले विजयी सुरुवात गरेका छन । ३५ बर्ष माथिको उमेर समुहको एकल प्रतिष्प्रर्धामा गुरुङले काठमाण्डौबाट सहभागि भएका निरेस श्रेष्ठलाई ६–३ र ७–६ को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेका हुन ।

यही पुष १३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन अखिल नेपाल लन टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणाले गरीन । कार्यक्रममा बोल्दै उनले पोखरा जस्तो पर्यटकीय क्षेत्रमा टेनिस खेलको राम्रो सम्भावना भएको बताउदै आम पोखरेलीहरुको पहुच पुराउने गरी पोखरा रंगशालामा टेनिस कोर्ट सहितको कार्यालय भवन निमार्ण भएकोमा खुसि व्यक्त गरीन ।

ventrance 1
पोखरामा हुने टेनिस खेल गतिविधि र यहाँ निमार्ण भएका भौतिक संरचनाले पोखरा सहित सिंगो नेपालको खेल गतिविधिलाई थप मद्धत पुराएको उनले बताईन । विगतको १२ बर्षसम्म पोखराको प्रस्र्याङमा रहेको पस्र्याङ्ग टेनिस कोर्टमा आयोजना हुदै आएको प्रस्र्याङ भेट्रान्सको १३ औं संस्करण देखि पोखरा रंगशालामा पोखरा भेट्रान्स ओपन टेनिस प्रतियोगिताको नामबाट संचालन संचालन भएको हो । पोखरामा ७० लाखको लागतमा हालै निमार्ण भएको दुई वटा लङ टेनिस कोर्ट सहित कार्यालय भवनको सुक्रबार नै अध्यक्ष राणाद्धारा उद्घाटन गरीएको छ । कास्की जिल्लाको टेनिस खेलको बृद्धि विकास गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै उक्त अवसरमा कास्की जिल्ला लन टेनिस संघका अध्यक्ष विनोद कायस्थ र प्रस्र्याङ टेनिस कोर्टका संचालीका वविता कायस्थलाई सम्मान गरीएको छ । त्यसै गरी लन टेनिस कोर्ट निमार्णमा सहयोग पुराएका किरण केसी, विमल बसेल लगायतलाइ समेत सम्मान गरीएको थियो । उद्घाटनको अवसरमा आकासबाट एभिया क्लवले अल्ट्रालाईटबाट पुष्प वृष्टी गरेको थियो । सो अवसरमा कास्की जिल्ला टेनिस संघले टेनिस खेलको बारेमा समेटिएको टेनिस पत्रिकाको विमोचन समेत गरीएको थियो ।

ventrance 2

कार्यक्रममा अतिरिक्त महानिरिक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी, टेनिसपे्रमि राजु श्रेष्ठ, टेनिस खेलाडी सुर्य भुजेल लगायतले वोल्दै पोखराको टेनिस खेलको विकासमा सहयोग गर्ने बताए । संघका अध्यक्ष विनोद कायस्थाको अध्यक्षतामा उद्घाटन सत्र समापन भएको हो । प्रतियोगितामा दार्जलीङ, वुटवल, भैरहवा, काठमाण्डौ लगायतका गरी विभिन्न ठाँउबाट एक सय २० जनाको सहभागिता रहेको प्रतियोगिताका संयोजक वसन्त प्रधानले बताए । साफमा सहभागि हुने खेलाडी कमल भण्डारी र श्रीराम थापा मगर सहितका पुर्व नेपाल च्याम्पीयन खेलाडीहरु समेत उक्त प्रतियोगितामा प्रतिष्प्रर्धा गर्न आएको प्रस्र्याङ भेट्रान्सका पुर्व विजेता विदुर विष्टले बताए । प्रतियोगिता संयोजक प्रधानका अनुसार प्रतियोगितामा ३५, ४५, ५०, ५५, ६० र ६५ वर्ष माथि एकल तथा डबल्सका गरी ६ ईभेण्टमा प्रतिस्पर्धा हुदै छ । प्रतियोगिता सम्पन्न गर्न करीब ७ लाख खर्च लाग्ने भएको प्रचार संयोजक नविन चालिसेले बताए । ३५ वर्ष माथि एकल तर्फको विजेताले नगद २० हजार तथा उप–विजेताले नगद १० हजार रुपैया साथमा ट्रफि प्रदान गरीने भएको छ ।

त्यसैगरि ३५ वर्ष माथि डवल तर्फको विजेताले १० हजार र उप–विजेताले ५ हजार साथमा ट्रफि पुरस्कार पाउने भएको छ । ४५ बर्ष तर्फको एकल इभेण्टको विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय र सोहि ईभेण्टको डवल तर्फको विजेताले भने १० हजार र उपविजेताले भने ५ जहार ५ सय रुपैया प्राप्त गर्ने भएको संघका कार्यालय सचिव ऋतु गुरुङले बताईन । त्यसै गरी अन्य ईभेण्टका विजेतालाई ट्रफी प्रदान गरीने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button