रुम भित्रै खोला र सुईमिङपुल भएको रिसोर्ट संचालनमा

पोखरा, ०५ पौष – 
चितवनको कविलास २ दासढुंगामा वातावरण मैत्रि एक भिन्न प्रकारको सुविधा सम्पन्न रिसोर्ट हालै संचालनमा आएको छ । प्रेसीडेन्सी रिसोर्ट प्रालिको नामबाट दासढुंगामा हालै उक्त रिसोर्ट संचालनमा ल्याएको रिसोर्ट संचालक प्रकाश ध्वज अधिकारीले बताए ।

हाल ३७ रुम रहेको उक्त रिसोर्टमा एक रात बसेको २ हजार देखि १० हजारसम्मका रुमहरु रहेको संचालक अधिकारीले बताए । पोखरा चितवन, काठमाण्डौं चितवन लगायतका रुटमा यात्रा गर्ने स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई लक्षित गरी करीब ३० करोडको लागतमा उक्त रिसोर्ट संचालनमा ल्याएको संचालक अधिकारीले बताए । उक्त रिसोर्टमा दुई वटा रुममा भने सुईमिङपुल र खोला समेत रहेको उनले बताए । रिसोर्ट संचालक अधिकारीले राजमार्गको रुटमा पर्ने भएकोले आन्तरीक पर्यटकहरुलाई लक्षित गरी महिला तथा पुरुष तथा वालवालीकाहरुको लदागि छुट्टा छुट्टै सुईमिङ पुलको व्याबस्था गरेको बताए । रिसोर्टमा उपलब्ध भएको रेष्टुरेण्टहरुमा नेपाली टिपीकल खाना देखि विश्वका चलेका देशको खानाका परिकार समेत उपलब्ध गराउने उनले बताए । चितवन भरतपुरमा विगत १७ बर्षसम्म प्रेसीडेन्सी कलेज संचालन गर्दै आएका अधिकारीले आफ्नो पेशा शिक्षासंग सम्वन्धित भए पनि पछिल्लो क्रममा आफ्नो पहिचान परिर्वतन गराउदै होटल व्यावसायीसंग आवद्ध हुने तयारीमा छन ।

२५ रोपनी क्षेत्रफलमा रहेको रिसोर्ट त्रिसुली नदीको किनारा, पृथ्बीराजमार्ग सडक खण्डमा पर्दछ भने नारायणगढ देखि मुग्लीनतर्फ आउदा १२ किलोमिटर क्षेत्रमा रहेको छ । हाल ३० जनालाई प्रत्यक्ष रोजगार दिएको उक्त रिसोर्टले फुलफेजमा संचालना आउदा भने ६० जनालाई रोजगार दिने भएको छ । भूकम्प त्यसपछि लगतै तराई मषेधमा चर्केको आन्दोलन अनि नेपाल माथि भारतले गरेको अघोषित नाकावन्दीको कारणले गर्दा हाल पर्यटकहरु न्युन सङख्यामा आउने गरेको उनले बताए ।

पोखरा, चितवन भन्दा पनि पोखरा चितवन हुदै आफ्नो गन्तव्यमा लागेका यात्रुहरुलाई पनि सेवा दिदै पर्यटन प्रवद्र्धन गर्न पनि शैक्षिक क्षेत्रबाट होटल क्षेत्रमा हात हालेको उनले बताए । पिउने पानी समेत सोहि क्षेत्रमा मुहान भएकोले सो क्षेत्रमा विभिन्न प्रजातिका रुख विरुवा, फलफुल, तरकारी समेत उलब्ध भएको संचालक अधिकारीले बताए । उक्त रिसोर्टमा गुफा निमार्ण गर्ने र गुफा भित्र रेष्टुरेण्ट, टेण्ट र कटेजहरु निमार्ण गर्ने योजना भएको अधिकारीले बताए । त्रिसुलि नदी किनारा छेउबाट जग उठाउदा कम्पाउण्ड गर्दा मात्र करीब दुई करोड खर्च लागेको बताएका अधिकारीले ४ बर्षमा उक्त रिसोर्ट संचालनमा ल्याएको बताए । उनले भने “हामीले अन्य होटल तथा रेष्टुरेण्टहरु भन्दा फरक सेवा दिनको लागि रिसोर्टमा विभिन्न प्रकारका स्ट्याचुहरु समेत राखेका छौं । ” रिसोर्टमा ३ लाखको लागतमा १० फिटको कमिलाको आकृति निमार्ण गरीएको उनले जनाए । विदेशबाट कालिगढ झिकाएर वाईट फाईवरबाट उक्त कमिलाको आकृति बनाइएको उनले जनाए । त्यसै गरी पौडी खेल्दा वालकहरुको झल्को दिने गरी आकृति बनाईएको छ भने अन्य जिवजन्तु तथा पंक्षिहरुको समेत आकृति बनाईएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button