रोटरी फिस्टेलले द्वारा छात्रवृती वितरण

पोखरा, १७ पौष –
सामाजिक कार्यमा कृयाशिल पोखरा क्लव अफ रोटरी फिस्टेलले शुक्रवार पोखरा २८ स्थित अर्मलामा रहेको श्री जनता जनता प्रावीका विद्यार्थीहरुलाई क्षात्रवृती प्रदान गरेको छ । क्षात्रवृती कार्यक्रम अन्र्तगत क्लवले करिव २० हजार वरावरका शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।

विद्यालयमा अध्ययनरत विपन्न वर्गका ३८ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै क्लवका अध्यक्ष तेज गुरुङ्गले विद्यार्थीहरुलाई प्रदान गरिने व्यवहारिक शिक्षाले उनीहरुलाई अगाडी वढने प्रेरणा मिल्ने वताउनुभयो । सो अवसरमा अध्यक्ष गुरुङ्गले विद्यालयमा अध्ययनरत कक्षा ३ मा अध्ययनरत उत्कृष्ट विद्यार्थी कुशल परियारलाई नगद एक हजार प्रदान गर्नु भयो । उहाँले हरेक वर्ष विद्यालयको एक जना उत्कृष्ट विद्यार्थीलाई नगद एक हजार प्रदान गर्ने घोषणा समेत गर्नु भयो ।

कार्यक्रममा क्लवका सर्भिस प्रोजेक्ट निर्देशक वावुराम पाठकले कलवको स्थापनाकाल देखि विद्यालय संग समुधुर सम्वन्ध रहेको र विद्यालयको शैक्षिक उन्नयनका लागि क्लव संधै हातेमालो गर्न तयार रहेको वताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापनका पुर्व अध्यक्ष लिलाधर आचार्य, क्लवका प्रेसिडेन्ट इलेक्ट रोटरियन नर वहादुर गुरुङ्ग, क्लवका सचिव प्रकाश पौडेल, विद्यालयका प्रधानाध्यपक डिल्लीराम आचार्य लगाएतले विद्यालयको भौतिक पूर्वाधार निर्माण र विकासका वारेमा वोलेका थिए ।

रोटरी क्लव अफ पोखरा फिस्टेलले सो विद्यालयमा खानेपानी, शौचालय, पुस्तकालय लगाएत भौतिक पूर्वाधारको निर्माण संगै वार्षिक रुपमा विद्यार्थीहरुलाई क्षात्रवृती वितरण गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button