लायन्स क्लवले यस बर्ष अन्तर लायन्स सहित भेटरान सेभेन ए साईड फु्टवल आयोजना गर्ने

पोखरा ७, असोज:

लायन्स क्लव अफ पोखरा पिस सिटीको आयोजनामा यस बर्ष देखि पोखरामा अन्तर लायन्स सहित भेटरान सेभेन ए साईड फु्टवल प्रतियोगिता हुने भएको छ । विगत २०६९ साल देखि पोखरामा अन्तर लायन्स सेभेन ए साईड फुटवल प्रतियोगिता संचालन गर्दै आएको क्लवले पाका खेलाडीहरुलाई छुट्टै प्रतिष्प्रर्धामा उतार्न उद्धेश्यले पनि यही असोज १४ देखि १७ गतेसम्म भेटरान प्रतियोगिता समेत आयोजना गर्ने भएको क्लवले जनाएको छ ।

उक्त प्रतियोगिताबाट बचत भएको रकम भूकम्पबाट प्रभावित क्षेत्रमा आवश्यकता अनुसार स्वास्थ्य, शिक्षा एवं वातावरणको क्षेत्रमा सहयोग गर्ने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्लवका अध्यक्ष टंकराज अधिकारीले बताए ।

सम्पुर्ण लायन्स नेतृत्वहरुको सल्लाह सुझाव र सहयोग अनुसार डिष्ट्रक्ट ३२५ बी १ मा मात्र सिमित रहेको उक्त प्रतियोगिता यस बर्ष देखि लायन्स मल्टिपल डिष्टिट्रक्ट ३२५ नेपाल अन्तरगतका ४ वटै डिष्ट्रिक्टका करीब ६ सय लायन्स क्लवहरु मध्य ६० भन्दा बढी क्लवलहरुको प्रतियोगितामा सहभागिता हुने अपेक्षा गरीएको क्लवका अध्यक्ष टंकराज अधिकारीले बताए ।

अन्तर लायन्स सेभेन ए सार्ईड फुटवल प्रतियोगितामा विजेतालाई २५ हजार ५ सय ५५ र उपविजेतालाई १५ हजार ५ सय ५५ साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरीने भएको छ । त्यसै गरी भेटरान तर्फ विजेतालाई १० हजार ५ सय ५५ र उप–विजेतालाई ५ हजार ५ सय ५५ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न ४ लाख ५ हजार खर्च हुने आयोजकले जनाएको छ भने उक्त प्रतियोगिताबाट ५ लाख १५ हजार आम्दानी हुने जनाईएको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि क्लवका निवर्तमान अध्यक्ष ख्याम नारायण काफ्लेको संयोजकत्वमा २१ सदस्य विभिन्न उप–समितिहरु गठन भएको संस्थापक अध्यक्ष सुदिपराज ढुंगानाले बताए ।

पत्रकार भेटघाट कार्यक्रममा लायन्स ३२५ बी १ का पुर्व डिष्ट्रिक्ट गर्भरनर दिपक श्रेष्ठ, लायन प्रेम बहादुर जीसि, लायन रुद्रबहादुर घले, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने लगायतले उक्त प्रतियोगिता सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने वचन दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button