लेकसाइडमा व्यवसायीको दीपावली

पोखरा, ३ असोज :

संविधान जारी भएको खुशीयालीमा पर्यटकीय क्षेत्र लेकसाइडमा विजयोत्सव तथा दीपावली गरिएको छ । लेकसाइडको हल्लनचोकदेखि सहिदचोकसम्म करिब तीनकिलोमिटर क्षेत्रमा विजय¥याली सहित दीपावली गरिएको हो ।

दीपावली आयोजना गरेको पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष सोमबहादुर थापाले पर्यटन क्षेत्रमा संविधानले खुशीयाली थपेको बताए । त्यहि खुशीयालीलाई हर्षाेल्लासको रुपमा आफुहरुले मनाएको उनले बताए । ‘संविधानले नेपालीलाई सार्वभौम बनाएको छ ।

यसले मूलूकलाई नै आर्थिक गतिविधिमा धकेल्ने विश्वास छ’ उनले भने, ‘मूलूकको मुहार फेर्न संविधान जरुरी थियो । त्यो पुरा भएको छ ।’

पिटिसीको आयोजनामा पञ्चेबाजा बजाउँदै नाचगान गर्दै हल्लनचोकदेखि सहिदचोकसम्म विजयोत्सव ¥याली आयोजना गरिएको थियो । ¥यालीमा विदेशी पर्यटक पनि सहभागि थिए । विदेशीले पनि नेपाली नागरिकसँगै मैनबत्ती बालेर दीपावली गरेका थिए । हल्लनचोकदेखि सहिदचोकसम्मका बीचबीचका चौतारोमा दीपावली गर्दै झिलिमिलि पारिएको थियो । त्यसबाहेक घरघरमा पनि दीपावली गरिएको थियो ।

दीपावली कार्यक्रममा बोल्दै पर्यटन व्यवसायीले मूलूकले अब कोल्टो फेर्ने बताए । पोखरा पूर्नजागरण समिति (पिटिआरसी) का संयोजक गणेशबहादुर भट्टराइले मूलूकलाई यो संविधानले आर्थिक रुपमा परिवर्तन गर्ने बताए । पोखराको पर्यटन क्षेत्रमा संविधानले विशेष महत्व राख्ने उनले बताए ।

भूकम्पले थलिएको पर्यटन क्षेत्रमा संविधानको आगमनले विकासको ढोका खोल्ने भट्टराइले बताए । ‘भूकम्पले पर्यटन क्षेत्र थिलोथिलो भएको थियो । फेरि तराइ बन्द कारण पनि पर्यटन क्षेत्रले मार खेपेको थियो’ उनले भने, ‘तर अब मूलूकले संविधान पाएपछि आर्थिक वृद्धिमा फड्को मार्नेछ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button