लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा त्रिपाठी

लेखनाथ, ४ असोज:

लेखनाथ उद्योग बाणिज्य संघको १० महाधिवेशनबाट लक्ष्मी प्रसाद त्रिपाठी अध्यक्षमा निर्वाचित भएका छन । त्रिपाठीले निकटतम् प्रतिद्धन्दी लालकृष्ण शर्मा भट्टराईलाई १ सय १६ मतको अन्तरले पराजित गरी निर्वाचित भएका हुन ।

यस अघि संघका प्रथम उपाध्यक्ष पदमा रहेका त्रिपाठीले ५ सय ९९ मत प्राप्त गरी विजयी भएका हुन भने उनका निकटतम् प्रतिद्धन्दी भट्टराईले चार सय ८३ मत प्राप्त गरेका हुन । सदस्यमा त्रिपाठी समूहकै छत्रधर आत्रेयले सर्वाधिक ७ सय ६१ मत ल्याएर विजयी भएका छन् ।

यसैगरी कृष्णहरि भण्डारीले ५ सय ९९ मत प्राप्त गरेका छन् भने ५ सय ९८ मत ल्याएर बलराम ढकाल ऋषिराम जमरकट्टेल र राजेन्द्र ओझाले ५ सय ७० मत प्राप्त गरेका छन् । यसैगरी सदस्यमा भरतकुमार अधिकारीले ५ सय ६५ मत प्राप्त गरेका छन् ।  विनोद श्रेष्ठको ५ सय ५६ मत रहेको छ । गोपीचन्द्र बास्तोलाले ५ सय ४७ मत प्राप्त गरेका छन् । यसैगरी सदस्यमा ईन्जिनियर बसन्त मोहन भट्टराईले ५ सय ३१ मत प्राप्त गरेका छन् । भने दशौ स्थानमा गितादेवी सुवेदी विजयी भएकी छन् । उनले ४ सय ९४ मत प्राप्त गरेकी छन् । खुल्ला तर्फ एल के शर्माको समूहबाट सुवेदी मात्रै विजयी भएकी हुन ।

यसैगरी महिला तर्फ डिल कुमारी दाहाल सन्ध्याले ७ सय ७७ मत प्राप्त गरी विजयी भएकी छन् । संस्थागत तर्फ त्रिपाठी समूहकै दामोदरभक्त थापा विजयी भएका छन् भने एशोसियटमा एल के शर्मा समूहबाट उपेन्द्र सुवेदी विजयी भएका छन् । यस पटक नयाँ अनुहारमा राजेन्द्र ओझा, दामोदर भक्त थापा र उपेन्द्र सुवेदी निर्बाचित भएका छन् । महिला तर्फ उम्मेदवारी फिर्ता लिए पनि बिमला थापा बस्नेतका नाममा २ सय ७५ मत खसेको थियो ।

यस पटक पराजय भोग्नेमा अघिल्लो कार्यकालका तीन सदस्य रहेका छन् । महिला तर्फका मेनुका श्रेष्ठ र एशोसियटका प्रशान्तराज धमला तथा मनोनित सदस्य मेजर रामप्रसाद गुरुङ्ग पराजित भएका हुन । कुल १ हजार १ सय ८४ मतदाता रहेकामा एक हजार १ सय २४ मत खसेको थियो भने ३५ मत बदर भएको बताइृन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button