लोटसमा अङ्ग्रेजी श्रुति लेखन प्रतियोगिता

पोखरा, १७ पौष –

पोखराको नयाँबजारस्थित लोटस एकेडेमिक स्कुलमा अतिरिक्त क्रियाकलाप अन्तरगत शुक्रबार अङ्ग्रेजी श्रुति लेखन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रावि तहका विद्यार्थीहरु बिच भएको प्रतियोगितामा कक्षा ५ का अजित गुरुङ, ४ का सन्तोष शाक्य र २ की अदिती शर्मा क्रमसः पहिलो, दोस्रो र तेस्रो भएका विद्यालयका प्रचार-प्रसार संयोजक सुरेन्द्र सदिच्छाले जानकारी दिनुभयो ।

आयोजक लोटस बाल मैत्री बाल क्लबकी अध्यक्ष यजश्वी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालयका इन्चार्ज मित्रलाल पोखरेलले विद्यार्थीहरुबाटै रचनात्मक कार्यक्रमको आयोजना गरिनु खुसीको कुरा भएको बताउनुभयो ।

बाल क्लब संयोजक शिक्षक सुरेन्द्र सदिच्छाले संयोजन गर्नुभएको कार्यक्रममा सहसचिव आशिष गुरुङले स्वागत र अङ्ग्रेजी विभागकी प्रमुख रीना साईले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रमको चालन सचिव रोजू तिवारीले गरेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button