विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पूर्व सिडिओ बराल

दीननाथ बराल, पोखरा न्यूज – २१, जेठ । पूर्व प्रमुख जिल्ला अधिकारी एवं पूर्व स्थानिय विकास अधिकारी समेत भएका नरहरी बराल पोखरा २२, पुम्दी भुम्दी स्थित शुक्रराज मावि विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन्।

विद्यालय व्यवस्थापन समितिको सोमबार बसेको बैठकले आगामी ३ बर्षीय कार्यकालको लागि बराललाई सर्वसम्वत रुपमा चयन गरेको हो । त्यसै गरी अन्य सदस्यहरुमा नवराज बराल, खडानन्द बराल, नन्दलाल बराल, कल्पना बराल, होम बहादुर गुरुङ, पदेन सदस्यमा पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बराल र सदस्य सचिवमा विद्यालयका प्राचार्य नरनाथ बराल रहेका छन्।

विद्यालयको गुणस्तरिय शिक्षा अभिबृद्धि गर्न र विद्यार्थीहरुको सङख्या समेत बढाउने तर्फ आफुहरु लाग्ने भएको नवनिर्वाचित अध्यक्ष बरालले बताए । उनले भने “म यस विद्यालयमा कक्षा ६ र ७ मा पहिला अध्ययन गरेको, म यहीको भएको नाताले पनि मेरो विद्यालय प्रति सहयोग बाहिर बस्दा पनि भएको थियो, हाल सरकारी सेवाबाट रिटायर भएकोले फुर्सदको समयमा विद्यालयमा केही गरौं भनेर आएको छु, अब सबैको साथ र सहयोगबाट हामीले नमुना बिद्यालय बनाउन तर्फ लाग्नु पर्छ । ”

विद्यालयका पूर्व अध्यक्ष, शिक्षक, सामाजिक व्यत्तित्वहरुको एक भेलाले विद्यालयको अवसर र चुनौती बिषयक छलफल गरी गुणस्तरिय शिक्षाको लागि दिएका सुझावलाई कान्वयन गर्ने अध्यक्ष बरालले जनाए । स्थानिय निकाय देखि प्रदेशका मन्त्रालयसंगको समन्वयमा विद्यालयको शैक्षिक गुणस्तर बृद्धिसंगै बिद्यार्थीहरुको सङख्या बढाउने तर्फ आफुहरु लाग्ने भएको उनले जनाए ।

पुर्व सिडिओ एवं एलडीओ भएको अनुभवका आधारमा पनि विद्यालयको शैक्षिक विकास हुनेमा आफुहरु बढी आशा बादी भएको प्राचार्य बरालले विश्वास व्यक्त गरे । यस अघि गण्डकी प्रदेशका सांसद समेत रहेका रामजी बराल (जिवन) ले विद्यालय ब्यबस्थापन समितिको अध्यक्षको जिम्मेवार सम्हाल्दै आएका थिए । उनले करिब दुई कार्यकाल (करिब ५ बर्ष) विद्यालयको अध्यक्षमा आफ्नो जिम्मेवार वहन गरेसंगै विद्यालयको शैक्षिक सुधारमा केही काम समेत गरेका थिए । विद्यालयमा प्राविधिक शिक्षा पशुपालन विज्ञानको छात्रावास निर्माणको काम हाल निर्माण हुदैछ भने विद्यालयमा फुटवल मैदान निर्माण हुदैछ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button