विन्ध्यवासिनी एस.एल.सी. क्लब २०४८ ले बनाए स्कूललाई भवन

पोखरा, ११ माघ –

आफूले एस.एल.सी. परिक्षा उत्तीर्ण गरेको विद्यालयप्रतिको अगाध स्नेह झल्काउँदै स्मृति भवन बनाउने अभियानमा लागेका हुन् एस.एल.सी. २०४८ का विद्यार्थीहरु । पोखराकै पुरानो विद्यालय विन्ध्यवासिनी उच्च मा.वि. पोखरा १६ मा २०४८ सालमा एस.एल.सी परीषा उत्तीर्ण गरेका विद्यार्थीहरुले क्लब २०४८ एस.एल.सी. गठन गरेर विभिन्न सामाजिक गतिविधिहरु गर्दै आएका छन् ।

यहि क्रममा उक्त क्लबले विन्ध्यवासिनी उच्च मा.वि.को प्रांगणमा एक हजार वर्ग फिटको बैठक कक्ष निर्माण गरिरहेका छन् । शिक्षक कर्मचारीहरुका लागि बैठक बस्न र आराम गर्न समेत मिल्ने गरि उक्त कक्ष निर्माण गरिरहेका अभियन्ता गणेश थापाले करिब १२ लाख रुपैया खर्च हुने अनुमान लगाएका छन् ।

उक्त कक्ष निर्माणका लागि सोही व्याज २०४८ का उत्कृष्ट विद्यार्थी इन्जिनियर महेन्द्र बाँनिया र गणेश थापाले प्राविधिक लगायत सम्पूर्ण खर्च जुटाउन क्लबमा आवद्ध विद्यार्थीहरुबाट घरदैलो अभियान चलाएका हुन् । उक्त व्याचका अधिकांस विद्यार्थीहरु एस.एल.सी.उत्तीर्ण गरेर भाग्यशाली इतिहास रचेका कारण वर्तमान र भविष्यका लागि पनि हुने गरि योगदान गर्न लागेको अभियन्ता गणेश थापाले बताए । एसएलसी पास भएको २५ वर्ष पछि भु.पु. विद्यार्थीहरुबाट स्कुलका लागि गरिन लागेको यो ठूलो योगदान हुने भएकोले कक्ष निर्माण गर्न स्वीकृती प्रदान गरिएको विद्यालयका प्राचार्य खिमलाल अधिकारीले बताए ।

उक्त भवन कक्षमा आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु फर्निचर, कम्प्युटर समेत एसएलसी क्लब २०४८ ले नै बोहोर्ने बताइएको छ । २५ वर्ष अगाडी विन्ध्यवासिनी उच्च मा.वि.बाट एसएलसी पास गरेर हाल विभिन्न क्षेत्रमा रहेर स्थापित भइसकेकाहरुको यो अभियान अनुकरणीय रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button