विश्वकै पुरानो क्रिकेट क्लव पोखरामा

दिननाथ बराल
पोखरा, २९ कार्तिक-

विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लब पोखरामा आएको छ । वेलायतको मेरीलेबोन क्रिकेट क्लब  नेपाल भ्रमण गर्ने शिलशिलामा आज आईतबार पोखरा आएको हो । विश्वकै पुरानो उक्त क्लवका खेलाडीहरुको टिमलाई कास्की जिल्ला क्रिकेट संघले स्वागत गरेको छ ।

भोलि (सोमबार) पोखरा रंगाशालाको क्रिकेट मैदानमा कास्कीका क्रिकेटरसंग वेलायतको मेरीलेबोन क्रिकेट टिमसंग मैत्रिपूर्ण अन्तराष्ट्रिय स्तरको मैत्रीपुर्ण खेल हुने भएको कास्की जिल्ला क्रिकेट संघका सचिव संजयकान्त सिग्देलले बताए । नेपाल क्रिकेट संघ क्यानको समन्वयमा अन्तराष्ट्रिय स्तरको एक दिवसीय क्रिकेट खेल सोमबार विहान ९ बजे पछि हुने भएको सिग्देलले जनाए ।

बेलायती टोली क्रिकेट खेलको नियमको जन्मदाता पनि हो । कास्कीको टोली संग हुने मैत्रीपुर्ण खेलको सम्पूर्ण तयारी पुरा भएको संघले जनाएको छ । नेपाल भ्रमणमा रहेको टोलीले कुल ६ खेल खेल्ने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button