श्रृजना बालगृहलाई स्टेशनरि तथा खेलकुद सामग्री सहयोग

पोखरा, १९ मंसिर –
पोखरा–६,लेकसाइड खहरेका राजु थापा र उनको परिवारले पोखराको महतगौडामा रहेको श्रृजना बालगृहलाई स्टेशनरि तथा खेलकुद सामग्री सहयोग प्रदान गरेका छन् । समाजसेवी थापा, उनका श्रीमति नमुना बस्नेत, छोरी रेजीना थापाले बालगृहमा शनिबार आयोजित एक समारोहका विच बालगृहका व्यवस्थापक सुस्मा गुरुङ्गलाई कापी, कलम, फुटवल, भलिवल, ब्याडमिण्टन, लगाएतका सामग्री हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रममा बोल्दै हालै अमेरिकाबाट आएका थापाले बालगृहमा रहेका द्धन्द्ध पिडित बालबालिकालाई सहयोग गर्न पाउँदा आत्मैबाट खुसिको महशुस गरेको बताए । बालगृहका व्यवस्थापक सुस्मा गुरुङ्गले उक्त सामग्री बुझ्दै थापा जस्तै सहयोगीको सहयोगमा बालबालिकाले उज्यालो भविष्य प्राप्त गर्ने बताइन् । बालगृहमा २७ जना बालबालिका आश्रृत छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button