सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

पोखरा, १२ माघ –

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रम अन्र्तगत विभिन्न विद्यालयमा सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

माछापुछ्रे उच्च मावि ढिकुरपोखरी र जनप्रकाश उच्च मावि लेखनाथका विद्यार्थीहरुबीचमा सो सचेतनामुलक कार्यक्रम गरिएको कार्यक्रम अधिकृत प्रतिभा सापकोटाले जानकारी दिनुभयो । माछापुछ्रेका २५ र जनप्रकाशका ४० जना विद्यार्थीहरुलाई सडक सुरक्षा, जेव्रा क्रसिङ, ट्राफिक नियमका बारेमा जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक सहायक निरिक्षक राजेन्द्र कार्कीले सहजिकरण गर्नुभएको थियो ।

प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रम अन्र्तगत कास्कीको लुम्लेदेखि तनहुँको कोत्रेसम्म समुदायस्तरमा विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button