सरकारी विद्यालयहरुलाई न्युनतम बिद्यार्थी सङख्या पुराउन निर्देशन

पोखरा, २६ मंसिर –
शिक्षा विभागका महानिर्देशक खगराज बरालले न्युनतम बिद्यार्थी सङख्या पुराउन सरकारी विद्यालयहरुलाई निर्देशन दिएका छन ।

पोखरा–२५ ठुलीविडिमा रहेको लक्ष्मी निम्न माध्यामिक बिद्यालयको स्वर्ण जयन्तीको उद्घाटन गर्दै महानिर्देशक बरालले सरकारी बिद्यालयमा बिद्यार्थीहरुको सङख्या घट्दै गएकोले न्युनतम बिद्यार्थीहरुको सङख्या कायम राख्न निर्देशन दिएका हुन ।

lamxi2

उनले भने “ सरकारी बिद्यालयको भौतिक तथा शैक्षिक विकासको लागि बिद्यार्थी सङख्या बढाएर मात्र आथिृक सहयोगको माग गर्नुहोला अन्यथा हामीलाई नै गाह्रो हुन्छ ।” सरकारी बिद्यालयलाई सरकारले सहयोग गर्न चाहेर पनि नसक्ने बताउदै उनले त्यसको लागि बिद्यार्थी संङख्या बढाएको खण्डमा आर्थिक सहयोग जुटाउन सक्ने बताए ।

उनले भने “सरकारी बिद्यालको बिद्यार्थी सङख्या उपयुक्त भएको खण्डमा करोडौं रुपैया बिद्यालयको भौतिक तथा शैक्षिक विकासको लागि आर्थिक सहयोग सजिलै जुटाउन सकिन्छ ।” नेपालको जनसङख्या बृद्धिदर २.५ बाट घटेर १.३ मा झरेको अबस्थामा सरकारी बिद्यालयमा अध्ययन गर्ने वालवालीकाहरुको सङख्या पनि घट्दो भएको तथा निजी वोर्डिङ स्कुलहरुमा पठन पाठन गराउने भएकोले पनि सरकारी बिद्यालयमा बिद्यार्थीहरुको सङख्या हरेक बर्ष घट्दो रुपमा रहेको उनले बताए ।

उक्त बिद्यालयको अगुवाईमा सामुदायमा सरसफाई कार्यक्रमहरु प्रभावकारी भएकोले यस अघि नेपाल सरकारले बिद्यालयलाई राष्ट्रिय सरसफाई पुरस्कार प्रदान गरेको छ । उक्त बिद्यालय २०६८ मा सरसफाईमा नमुना बिद्यालयको रुपमा घोषणा गरीएको थियो । बिद्यालयको आर्थिक अबस्था कमजोर भएको कारणले गर्दा वैशाख देखि एक जना कर्मचारी निकाल्नु् परेको बिद्यालयका प्राध्यानाध्यापक लोकनाथ बरालले बताए । उनका अनुसार बिद्यालयले मासिक ४० हजार रुपैया निजी रुपमा कर्मचारीहरुलाई तलव खुवाउदै आएको छ । स्वर्ण जयन्तीको अवसरमा बिद्यालयका प्राध्यानाध्यापक लोकनाथ बराल, पुर्व अध्यक्ष खडानन्द बराल लगायतलाई सम्मान गरीएको थियो ।

laxmi

बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद ढकालकोे अध्यक्षतामा सम्पन्न भएको स्वर्ण जयन्ती उद्घाटनसत्रमा समाजसेवी खेमराज पौडेल, वाल क्लबका अध्यक्ष सुस्मीता बराल, प्राध्यापक तथा पुर्व बिद्यार्थी टंकनाथ बराल, समाजसेवि धनबहादुर कार्की, शिक्षक शंकर वाँस्तोला, हेमसागर वराल लगायतका वक्ताहरुले बोलेका थिए । बिद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अग्रेंजी माध्यमबाट पढाई संचालन भईरहेको छ । बिद्यालयमा हाल ८९ जना बिद्यार्थीहरु रहेका छन ।

यस अघि स्वर्ण जयन्ती कार्यक्रमको अवसरमा बिद्यालयमा सरसफाई र अन्तर प्रावि स्तरीय हाजिर जवाफ प्रतियोगिता समेत आयोजना भएको थियो । हालै सम्पन्न भएको हाजिर जवाफ प्रतियोगितामा लक्ष्मी निमावि प्रथम, पोखरा दर्शनस्थल दोश्रो र सुक्रराज उच्च मावि तेश्रो भएका हुन । सुक्रबार भने पुर्व बिद्यार्थी पुनरमिलन कार्यक्रम भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button