सहारा एकेडेमीको अक्षयकोषमा सहयोग आउने क्रम जारी

पोखरा, २१ पौष –

पोखराको सहारा क्लवद्धारा स्थापना भएको सहारा एकेडेमीमा सहयोग आउने क्रम जारी रहेको छ ।

sahara 3

पछिल्लो क्रममा पोखराको बैदाम स्थायी घर भई बेलायतमा कार्यरत सहारा क्लब यूकेका कोषाध्यक्ष नारायण गुरुङले सहारा एकेडेमीको अक्षयकोषको लागि ५१ हजार १ सय ५ रुपैया आर्थिक सहयोग गरेका छन । त्यसै गरी उनकी छोरी प्रिति गुरुङले १० हजार १ सय ५ रुपैया पनि सहयोग गरेकी छन । सहारा क्लबले गरेको काम देखि प्रशन्न भइ उनले सो रकम सहयोग गरेकी हुन। उक्त रकम क्लवका अध्यक्ष विरभद्र आचार्यलाई हस्तान्तरण गरेका हुन । स्वदेश तथा विदेशमा रहेका दाताहरुको सहयोगले नै एकेडेमी संचालन हुदै आएको अध्यक्ष आचार्यले बताए ।

sahara 1त्यस्तै लेकसाइड निवासी बिष्णु गुरुङ र बेन्जेमीन कोमे रोइल इर्मरटन, आना यूरेइन्स बाट ३१ हजार ७ सय मुल्य बराबरको ३० थान ब्लाङकेट र स्टेस्नरी का सामाग्रिहरु एकेडेमीका बालकहरुलाइ एक समारोहको बिच वितरण गरीएको छ ।

पोखरा १७, दोविल्लमा रहेको सहारा एकेडेमीमा हाल १६ जिल्लाका २६ जना वालकहरु रहेका छन ।‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने मूल उद्देश्यका साथ आउदो माघ ५ गतेदेखी १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ३ विदेशी सहित १२ टिम सहभागि हुने भएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button