साइनिङ्ग स्टारको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन

पोखरा, २५ मंसिर – 
जुनियर रेडक्रस सर्कल, साइनिङ्ग स्टार बोर्डिङ्ग स्कुल लेकसाइडद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुदै आएको कार्यक्रमको एक समारोहका विच विद्यालयका निर्देशक नारायण प्रसाद पाण्डे र नेपाल रेडक्रस सोसाइटी कास्की शाखा सभापति बामदेव ढुङ्गानाले पहिलो रक्तदाता विद्यालय शिक्षक कृष्ण गिरी र महिला रक्तदाता युवा नेतृत्व नेपालका प्रतिनिधी सम्झना अधिकारीलाई रक्तपोका हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा सञ्चारकर्मि विष्णु सापकोटा, पोखरेली रंगकर्मी नविन घायल, ३२ पटक रक्तदान गरिसकेको टिकाज होलिडे इनका टिका पहारी लगाएतले रक्तदान गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि ढुङ्गानाले रगतको अभाव भएको वर्तमान अवस्थामा रक्तदानको महत्व थप बढेको बताए । विद्यालय निर्देशक पाण्डेले मानव स्वास्थ्य र सेवाका लागि पनि सबैले रक्तदान गर्नुपर्ने औल्याए । कार्यक्रममा समाजसेवी गणेश ढकाल, विद्यालय व्यवस्थापन समितिका सदस्य लालबहादुर कुँवर, फत्तबहादुर थापा, युवा नेतृत्व नेपालका अध्यक्ष कृष्ण अधिकारी, जगदम्बा आमा समुहका हिरु पहारी लगाएतले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रमका सभापति विद्यालयका प्राचार्य अर्जुन प्रसाद पाण्डेले विद्यार्थीहरुलाई किताबि ज्ञानका अलावा सामाजिक उत्तरदायित्व बुझाउनका लागि पनि विद्यालयले क्यालेण्डरमै यस्तो कार्यक्रमलाई समेटेको बताए । विद्यालय शिक्षिका जुना खड्काले कार्यक्रम सञ्चालन गरेकि थिइन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button