सार्क राष्ट्रका मुख्यसचिवको बैठक बिहीबारदेखि

काठमाडौँ, २४ जेठ –

चौथो सार्क मुख्य सचिवस्तरीय बैठक यही जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ ।

गत वर्ष पाकिस्तानको राजधानी इस्लामावादमा सम्पन्न तेस्रो सार्क मुख्यसचिवस्तरीय बैठकमा नेपालले जनाएको प्रतिबद्धताअनुसार यही जेठ २७ र २८ गते सो बैठक हुन लागेको हो । बैठकको उद्घाटन सत्रमा सार्क राष्ट्रका मुख्यसचिव÷मन्त्रिपरिषद् सचिव, सार्क सदस्य राष्ट्र तथा पर्यवेक्षक राष्ट्रका राजदूत, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, पूर्व मुख्यसचिवलगायतको सहभागिता रहने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बैठकमा सदस्य राष्ट्रहरूको सार्वजनिक प्रशासन र सेवा प्रवाहका क्षेत्रमा भएको असल अभ्यासको आदानप्रदानका साथै सार्वजनिक प्रशासनका नविन आयामका बारेमा छलफल हुनेछ ।

बैठकमा नेपालको तर्फबाट नेपालका भएका राम्रा अभ्याससम्बन्धी प्रस्तुति हुने जनाइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button