सौराहा पुगेर पाहुना बोलाउदै पोखरा सडक महोत्सव प्रमोशनल टोलि

पोखरा, ३ पौष-

महोत्सवको प्रचार अभियान अन्तर्गत महोत्सव प्रवर्धनको लागि  देशका विभिन्न शहरहरु वुटवल, भैरहवा, सौराहा लगायतको क्षेत्रमा लागि हिडेको पोखरा सडक महोत्सवक प्रमोशनल टोलीले शुक्रबार चितवनको सौराहामा रेवान पोखरा अध्यक्ष गोपी बहादुर भट्टराईको अध्यक्षतामा  पत्रकार सम्मेलनको आयोजना गरेको छ। सम्मेलनमा बोल्दै भट्टराईले आफुहरुले विषम परिस्थितिमा पनि बर्षेनी हुदै आइरहेको पोखरा सडक महोत्सबलाई निरन्तरता दिन लागिरहेको बताउदै स्थानीय प्रशासन र सरोकारवाला हरुसंग मिलेर महोत्सब सफल परिने र  बिगतका बर्षको तुलनामा यो पालि पनि कुनै कमि कमजोरी हुन नदिने  बताउनुभयो ।

महोत्सब पोखरेलीहरुको इज्जत र प्रतिष्ठाको बिषय हो भन्दै उहाले आफुहरुले अहिले आन्तरिक पर्यटनलाई  जोड दिदै प्रचारप्रसार अभियानमा लागेको बताउनुभयो । खानाको विभिन्न परिकारको साथमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु सडकमै एकै साथ् हेर्न पाइने नेपालकै एकमात्र पृथक महोत्सब पोखरा सडक महोत्सब रहेको वताउदै वहाले यो पाली ३ देखि ४ बाट देशका खानाका परिकारहरुको साथमा चीन र कोरियाको सांस्कृतिक प्रर्दशनी  समेत हेर्न पाइने हुदा  सबैलाई पोखरा सडक महोत्सबमा उपस्थित हुन आग्रह गर्नुभयो । सडक महोत्सबको अवसरमा पोखराका रेस्टुरेन्ट हरुले खानामा १५ प्रतिशत छुट दिने समेत वहाले बताउनुभयो ।

पश्चिमांचल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले पोखराका होटलमा हाल १८ हजार पर्यटक स्तरीय वेड रहेको र एक रातमा सबै होटलमा गरेर ५० हजार पर्यटकलाई  व्यबस्थापन गर्न सकिने र एकै दिनमा डेढ लाख देखि २ लाख सम्म पर्यटकलाई खाना खुवाउन सकिने बताउनुभयो । पराजुलीले सडक महोत्सबको अवसरमा होटलमा ३० प्रतिशत  छुटको दिने दोहोर्याउदै  पोखराका होटलमा २० प्रतिशत अकुपेन्सी  रहेको तथा  महोत्सवका लागि भनेर ५० प्रतिशत बुकिंग भैसकेको र महोत्सब सम्म ७० देखि ८० प्रतिशत सम्म बुकिंग हुने अपेक्षा रहेको जानकारी दिनुभयो।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ज्ञानेन्द्र कुमार बिष्टले अंग्रेजी नयावर्षको अवसरमा पर्यटकलाई यहि रोक्न सौराहामा हात्ती महोत्सब गरिने बताउदै एकै समयमा दुइ महोत्सब हुने भएतापनि महोत्सब को आफ्नै मौलिकता भएकोले पर्यटकहरु दुवै तिर तानिने बताउनुभयो ।

कार्यक्रममा रेबान सौराहाका पूर्व पुरुषोत्तम श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियो भने  कार्यक्रमको संचालन महोत्सवका प्रमोशनल टुर संयोजक सुर्य बहादुर भुजेलले गर्नुभएको थियो ।

यसैबीच “सकडकमै खाँउ, सडकमै नाचौं, सडकमै रमाऔं ” भन्ने मुल नाराका साथ अगेेंजी नयाँ बर्षको अवसरमा यही पुष १३ गतेबाट पोखरामा संचालन हुने उक्त महोत्सवको निम्तो बाड्दै देशका विभिन्न शहरहरुमा पुगेर टोली शुक्रबारै पोखरा फर्किदै गरेको रेवान पोखराका पुर्व अध्यक्ष एवं महोत्सव प्रमोशनल टुरका संयोजक सुर्य बहादुर भुजेलले बताउनुभयो  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button