स्वास्थ्यकर्मी संघलाई प्रभावकारी बनाउन संयोजक तोकियो

पोखरा, १८ पौष –

नेपाल स्वास्थ्यकर्मी संघको क्षेत्रीय बैठकले यस क्षेत्रका १६ वटा जिल्लाहरुमा समन्वयत्माक भूमिका निर्वाह गर्न संयोजक तोकेको छ । पोखरामा शनिवार सम्पन्न बैठकले सो निर्णय गरेको संघका अध्यक्ष नारायण बरालले जानकारी दिनुभयो ।

गोरखामा नगेन्द्र ठकुरी, लमजुङ र तनहुँमा विश्वराज घिमिरे, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङमा प्रकाश घिमिरे, गुल्मी र पाल्पामा ढाल बहादुर थापा, अर्घाखाँची र कपिलवस्तुमा सदिल अर्याल, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा नवराज भण्डारीलाई तोकिएको हो ।

साथै संघ गठन नभएका जिल्लाहरुमा जिल्ला भेला गराउने, संगठनलाई चुस्त बनाउने, नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको छ । कार्यक्रममा पूर्व क्षेत्रीय अध्यक्ष कमल पाण्डे, उपाध्यक्ष नरेन्द्र ठकुरी, सचिव विश्वराज घिमिरे, सदस्य तेजाखर लम्साल, कोषाध्यक्ष ढाल बहादुर थापा, महिला उपाध्यक्ष कमला थापा र महिला सदस्य भवानी पोख्रेल लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button