हिमालयन एयर फेष्टीवल गरुढा फन सम्पन्न

पोखरा ११ , असोज :

पोखरामा पहिलो पटक आयोजना भएको हिमालयन एयर फेष्टीवल गरुढा फन २०१५ मा नेपालका १३ बर्षका वालक समेत सहभागि भएका छन । फेष्टीवलमा नेपालकै सानो उमेरका वालकले समेत उक्त फेष्टीवलमा आफ्नो सहभागिता जनाएको आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले जनाएको छ ।

विगत दुई बर्ष देखि प्याराग्लाईडीङ सिक्दै गरेका १३ बर्षका युकेस गुरुङले सोलोको रुपमा उढान गर्दै आएका छन । अन्तराष्ट्रिय स्तरको उक्त फेष्टीवलमा सहभागि हुन पाउदा आफुलाई निकै खुसि लागेको बताएका गुरुङले भविश्यमा अन्तराष्ट्रिय स्तरकै उत्कृष्ट पाईलट बन्ने योजना भएको बताए । उनी कक्षा ८ मा लिटिल स्टेप उच्च माविमा अध्ययनरत छात्र हुन । उनका बाबु भुपाल गुरुङ प्यारग्लाईडीङ पाईलट भएका कारणले उनी बाबुबाटै प्रभावित भएर पाईलट कोर्ष सिक्दै गरेका हुन ।

फेष्टीवलमा ८ राष्ट्रका प्याराग्लाईडीङ, अल्ट्रा लाईट र पावर प्याराग्लाईडीङ (प्यारा मोटर) का पाइलटहरु सहभागि भएका छन । विश्व पर्यटन दिवसको अवसरमा आयोजना भएको अन्तराष्ट्रिय स्तरको उक्त फेष्टीवलमा नेपाल सहित भारत, चाईना, रसिया, फ्रान्स, स्लोभाकिया,उजीकिस्तान, ईटली लगायतका राष्ट्रका प्याराग्लाईडीङ, अल्ट्रा लाईट र पावर प्याराग्लाईडीङ (प्यारा मोटर) का पाईलटहरु सहभागि भएको नाले जनाएको छ ।

उक्त फेष्टीवलमा प्रतिभा वोगटी, भुजेल, तृशा श्रेष्ठ, कृशु पौडेल, नितीका राई र सृजना सुवेदी गरी ५ जना नेपाली महिला पाईलट सहित एक सय २० जना सहभागि भएको नाले जनाएको छ । फेष्टीवलमा ५५ जना पाईलटहरुले भने विभिन्न रंगी विरंगी, भेषभुषमा (कस्टम लगाएका) पाईलटहरु सहभागि भएका थिए ।

फेष्टीवलमा करीब १५ जना विदेशी पर्यटकहरु सहभागि भएका थिए । पोखरा पर्यटन पुनर्रजागरण समिति (पिटिआरसि) को संयोजनमा नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, नेपाल नागरीक उड्डयन प्राधिकरणको बिशेष सहयोगमा उक्त फेष्टीवल भएको आयोजकले हो । भूकम्पबाट थलिएको नेपालको पर्यटन व्यावसायलाई प्रवद्र्धन गर्ने उद्धेश्यले सेप्टेम्बर २७ तारिख अर्थात विश्व पर्यटन दिवसको अवसरमा पर्यटकहरुलाई लक्षित गरी उक्त कार्यक्रम पहिलो पटक आयोजना गरीएको कार्यक्रम संयोजक नतासा श्रेष्ठले बताईन ।

दुई दिने उक्त फेष्टीवलको समापन गर्दै पोखरा पर्यटन पुनर्रजागरण समितिका संयोजक गणेश बहादुर भट्टराईले बन्द हड्तालले देशको पर्यटन क्षेत्र झन झन खस्कदै गएकोमा चिन्ता व्यक्त गरे । सहभागिहरुलाई संयोजक भट्टराई, कार्यक्रम संयोजक श्रेष्ठ, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, पत्रकार सुमन ढुंगना लगायतले प्रमाणपत्र वितरण गरेका थिए । फेष्टीवलमा सहभागि चाइनीज पर्यटक टोनी र प्रतिभा वोगटीले यस्तो फेष्टीवल पोखरामा भएकोमा खुसि व्यक्त गर्दै यसले पर्यटन प्रवद्र्धनमा टेवा पुराउने विश्वास व्यक्त गरे । नाका कार्यवाहक अध्यक्ष सोवित वानियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

पोखराको आकाशमा प्याराग्लाईडीङ, अल्ट्रा लाईट र पावर प्याराग्लाईडीङ (प्यारा मोटर) बाट डेमोको रुपमा रंगि विरंगी हुदै विभिन्न भेषभुषामा ध्वजापतका सहित प्रदर्शन भएको नाका कार्यवाहक अध्यक्ष शोवित वानियाले बताए । सराङकोटबाट विभिन्न धोजापतका तथा भेषभुषामा सजिएका पाईलटहरु आकाशमा केहिले एक्रो व्याट्रिक समेत गरेका थिए भने रंगि विरंगी धुवा समेत उढाईएको थियो । सराङकोटबाट हवाई उडान गरी खपौदीको ईन अफ द लेकमा पाईलटहरुले अवतरण गरेका हुन । नेपालमा भूकम्प पछि हाल सामान्य जनजिवनमा फर्किएको सन्देश विश्व सामु दिदै नेपालका अधिकाशं पर्यटकीय गन्तव्य सुरक्षित रहेको र साहासिक खेलको राजधानि पोखरामा खेल गतिविधि भएको समेत यो फेष्टिवलको मुख्य उद्धेश्य रहेको महासचिव वसन्तराज दवाडीले बताए । विश्व पर्यटन दिवसको अवसरमा भगवान गणेश, शिव, पार्वती, भगवती, गरुण, लक्ष्मी, यति, लाखे नृत्य लगायतको भेषमा पहिरिएर प्याराग्लाईडीङका पाईलटहरुले आकाशमा उढ्दा सहभागिहरुले भरभुर्ण रुपमा मनोरन्जन लिएका थिए । त्यसै गरी अल्ट्रालाईट तथा पावर प्याराग्लाईडीङबाट रंगि विरंगी आकाशमा धुवा फाल्ने, रिवनको प्रदर्शनी भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button