हिसान स्पोर्टस मिटमा माउन्ट अन्नपूर्ण उमावि च्याम्पियन

पोखरा, ५ माघ-
उच्च माध्यमिक विद्यालय संघ (हिसान) कास्कीको आयोजनामा पोखरा रड्डशालामा भएको नवौं हिसान स्पोर्टस मिट–२०७२ मा माउन्ट अन्नपूर्ण उच्च माध्यामिक विद्यालय च्याम्पियन बनेको छ।

दुई गते शनिबारदेखि सुरू भएर मङ्गलबार सकिएको स्पोट्स मिटमा भएका सबैखाले खेलमा १७ अङ्क जोड्दै अन्नपूर्ण उमावि च्याम्पिएन बनेको हो। गएको वर्ष च्याम्पिएन बनेको पोखरा उच्च मावि १२ अङ्का साथ यसपटक द्वित्तीय भएको छ भने कास्की मोडनाइज्ड १० अङ्क ल्याएरतृत्तीय बनेको छ। उच्च माध्यामिक शिक्षा परिषद्का प्रमुख चैतन्यप्रसाद शर्माले विजयी विद्यालयलाई शिल्ड प्रदान गरे।

स्पोट्स मिटमा छात्रछात्रा भलिबल प्रतियोगिता, छात्रछात्रा बास्केटबल प्रतियोगिता र टेबुलटेनिसमा छात्रछात्रा एकल तथा जोडी प्रतियोगिता भएको स्पोट्स मिट संयोजक रमाकान्त बरालले जानकारी दिए। आइतबार भएको छात्र भलिबलको फाइनलमा पोखरा उमाविले कास्की मोडनाइज्ड उच्च माविलाई २५–१२, २५–१३ र २५–१४ को सोझो सेटमा पराजित ग¥यो। पोखरा मल्टिमोडलले तेस्रो स्थान जितेको छ। यसैगरी, छात्रा भलिबल प्रतियोगिताको स्पाइरल ग्यालेक्सी उच्च माविले उपाधि जितेको छ। स्पाइरल ग्यालेक्सीले माउन्ट अन्नपूर्ण उच्च माविलाई २५–१६, २५–१४ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो। छात्रतर्फ पोखरा उच्च माविका प्रेम परियार र छात्रातर्फ स्पाइरल ग्यालेक्सीकी कुसुम पुन उत्कृष्ठ खेलाडी घोषित भएको भलिबल खेल संयोजक दिवाकर जैसीले जानकारी दिए।

टेबुलटेनिस एकल छात्रातर्फ माउन्ट अन्नपूर्ण उच्च माविका अनुस कुँवर, लक्ष्मी एकेडेमीका सुमेश लामा क्रमशः प्रथम र द्वितीय भए। यसैगरी, लक्ष्मी एकेडेमीका सन्देश पन्त र ग्लोबल कलिजियटका सुशान्त कार्की र्ततीय भएका छन्। जोडीतर्फ लक्ष्मी एकेडेमीका सुमेश लामा र सन्देश पन्त प्रथम, पोखरा उच्च माविका अनिस कुँवर र अमृत पौडेल द्वितीय भएका छन्। स्टेप बाई स्टेपका निशान लामिछाने र सुमन पौडेल तथा ग्लोबल कलिजियटका अनिल पौडेल र सन्देश पन्तको जोडी सान्त्वना भएको जिल्ला टेबुल टेनिस संघका उत्तम जोशीले जानकारी दिए।

बास्केटबलतर्फ, माउन्ट अन्नपूर्ण कलेजले जितेको छ। माउन्ट अन्नपूर्ण कलेजले माउन्ट अन्नपूर्ण उच्च माविलाई ७०–४० को अन्तरमा पराजित गरेको हो। यसैगरी पोखरा उच्च माविले पोखरा मल्टिमोडललाई पराजित गर्दै तेस्रो भएको छ। छात्रातर्फ ग्लोबल उच्च माविले सगरमाथा उच्च माविलाई पराजित गर्दै प्रथम भएको छ भने माउन्ट अन्नपूर्ण उच्च माविले कास्की मोडनाइज्ड उच्च माविलाई पराजित गर्दै तेस्रो भएको बास्केटबल संयोजक राजु कायश्थले जानकारी दिए।

स्पोट्स मिटमा कास्कीका निजी क्षेत्रबाट सञ्चालित उच्च माविहरुका कक्षा ११ र १२ मा अध्ययनरत एक हजार आड सय विद्यार्थी सहभागी रहेको हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले बताए। २०५७ सालमा उच्च मावि संघ हुँदै २०६४ सालमा गठन भएको हिसान कास्कीमा निजी क्षेत्रबाट सञ्चालित ४६ उच्च मावि आवद्ध रहेको पन्तले जानकारी दिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button