हिसान स्पोर्टस मिट आउदो माघ महिनाको पहिलो सातादेखि

पोखरा, ०९ पौष –
नवौँ संस्करणको हिसान स्पोर्टस मिट आउदो माघ महिनाको पहिलो सातादेखि पोखरामा हुने भएको छ । उच्च माध्यमिक विद्यालय संघ हिसान कास्कीको आयोजनामा माघ २ गतेदेखि ५ सम्म पोखरा रंगशालामा हुने उक्त स्पोटर्स मिट हुने भएको हिसान कास्कीले जनाएको छ ।

हिसान कास्कीको अध्यक्ष बाबुराम पन्तको अध्यक्षतामा सम्पन्न साधारण सभाको भेलाले स्पोर्टस मिट गर्ने निर्णय गरेको सचिव यम रोकाले बताए । उक्त कार्यक्रममा ५ लाख भन्दा बढी खर्च हुने कार्यक्रमका मूल संयोजक रमाकान्त बरालले जानकारी दिए । स्पोर्टस मिट सम्पन्न गर्न हिसान कास्कीका सल्लाहकार एवं स्टेप वाई स्टेप उच्च मा.वि. मासबार पोखराका संस्थापक निर्देशक रमाकान्त बरालको संयोजकत्वमा विभिन्न उपसमितीहरू गठन भएको छ । कास्कीमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले भाग लिने उक्त प्रतियोगितामा बास्केटबल, भलिबल र टेबलटेनिस प्रतियोगिता हुने भएको संयोजक बरालले बताए ।

विभिन्न उपसमिती मध्य राजु कायस्थको संयोजकत्वमा धर्म कोइराला, सुन्दर ढकाल, ढाकाराम कँडेल, कमल गुरुङ, दुर्गा बहादुर थापा र वेद प्रसाद बस्ताकोटी रहने गरी बास्केटबल उपसमिती गठन भएको छ । भलिबलमा दिवाकर जैसीको संयोजकत्वमा मोतीराम गुरुङ, बीर बहादुर बुढाथोकी, पुष्प पराजुली, राजेन्द्रमणी पौडेल र फणिन्द्र अधिकारी रहेको उपसमिती गठन गरिएको छ । त्यसै गरी दुर्गा पंगेनीको संयोजकत्वमा नारायण शर्मा, पुरन कुँवर र विकास श्रेष्ठ रहने गरी टेबल टेनिस उपसमिती गठन गरिएको छ ।

त्यस्तै ढाकाराम कँडेलको संयोजकत्वमा मोहन पौडेल र तारा बहादुर घिमिरे रहने गरी खाना तथा पानी व्यवस्थापन, कृष्ण के.सी. को संयोजकत्वमा रत्नमान गुरुङ, लिला प्रधान, चन्दा थापा, बाबुराम पन्त, डोलराज पाण्डे, रामबहादुर मोची, धन बहादुर थापा, चिनु रानाभाट, हरिष आर.के, उमा लामिछाने, रामजी शर्मा र हेमन्त अधिकारी मञ्च व्यवस्थापन तथा अतिथि सत्कार उप समिती गठन गरिएको छ ।

त्यस्तै सुरक्षा व्यवस्थापन तथा प्राथमिक उपचारको संयोजकत्वमा संयोजक शेर बहादुर गुरुङ रहने गरी लोकराज भण्डारी, त्रिभुवन शर्मा र मुकेस अधिकारी रहने गरी उपसमिती गठन गरिएको छ भने सूर्य जि.सी. को संयोजकत्वमा शेर बहादुर गुरुङ, डा. रामचन्द्र पोख्रेल, डोलराज पाण्डे रहेको न्यायिक उपसमिती गठन गरिएको छ त्यस्तै गरी प्रचार प्रसार समितीको संयोजकत्वमा संयोजक याम रोका रहने गरी पुण्य पौडेल र कृष्ण सापकोटा रहेको उपसमिती गठन गरिएको छ । पुरस्कार तथा प्रमाण पत्रको संयोजकत्वमा संयोजक रामजी शर्मा रहने गरी ढाकाराम कँडेल, नारायण शर्मा, बाबुराम बराल, कृष्ण बहादुर गुरुङ, दुर्गा बहादुर थापा र भरत गौतम रहेको उपसमिती गठन गरिएको छ भने मञ्च व्यवस्थापन तथा अतिथि सत्कारको संयोजकत्वमा संयोजक डोलराज पाण्डे रहने गरी रमाकान्त बराल, शेर बहादुर गुरुङ, त्रिभुवन शर्मा, बाबुराम पन्त, रामजी शर्मा र ढाकाराम कँडेल रहेको उपसमिती गठन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button