१७औ पोखरा सडक महोत्सब विगतका वर्षमा भन्दा भब्य बनाउछौ – आयोजक ( Pokhara street Festival )

पोखरामा अहिले  १७ औ सडक महोत्सब ( 17th Pokhara street Festival )को तयारी तिब्र रुपले अगाडी बढिरहेको छ । देशमा विद्धमान परिस्थिका बाबजुत अहिले पोखराका पर्यटन व्यबसायी महोत्सब भब्य र सभ्य रुपले संचालन गर्नको लागि कम्मर कसेका छन् । महोत्सब सफल पार्न चाहिने सम्पूर्ण आर्थिक, सामाजिक र भौतिक  पुर्बधारहरु  खडा गर्न  उनीहरु अहोरात्र खटेका छन् । यसै सिलसिलामा हामीले महोत्सब को बारेमा महोत्सब आयोजक टिमसंग १७ औ सडक महोत्सबमा आधारित रहेर  केहि कुराकानी गरेका छौ ।

प्रतिकुल मौसममा पनि अनुकुल खोज्दै पर्यटकलाई खुसि पाछौंं -अध्यक्ष

pokhara street festival 1

सडक महोत्सबको आयोजक रहेको रेष्टुरेण्ट एण्ड वार एशोसिएसन (रेवान)पोखरा अध्यक्ष  गोपी बहादुर भट्टराइ भन्नुहुन्छ, ‘ देशमा लगातार दुई वटा दुर्घटना भएको यो दुखःको समयमा पनि हामीले निरन्तर रुपमा १६ औं पटकसम्म आयोजना भएकोे सडक महोत्सवलाई यस पाली पनि निरन्तरता दिदैछौं ।’ वैशाख १२ गतेको विनाशकारी भूकम्पको माग खेपेका हामी नेपालीले झन ठुलो अर्को महाभूकम्पको सामाना गर्दै आएका छौं। देशमा नयाँ संविधान जारी भए पनि देशले नयाँ मुहार फेर्ला भन्ने हाम्रो सपना हाल तराई मधेषमा भएको आन्दोलन र भारतले नेपाल माथि लगाएको अघोषित नाकावन्दीले हामी धेरै मर्माहित भएका छौं । खाना पकाउने एल.पी. ग्याँस छैन हाम्रो घर घरमा, एक ठाँउबाट अर्को ठाँउ जाने पेट्रोलियम पदार्थ छैन हामीसंग त्यसै गरी बजारमा औषधि अभाव भएको छ । तर हामीसंग कुनै नैरास्यता छाएको छैन हो, हामीसंग धेरै कुराको अभाव छ तर पनि हामी अभाव भएको यो अबस्थामा समस्याको समाधान गर्न चुनौतीको सामना गर्न तयार छौं । हामी फेरी आशाबादी पनि छौं कतिन्जेल यो देशमा अभाव होला र १७ औं सडक महोत्सव हुने दिनसम्म पक्कै पनि देशमा सहज हुने छ । जतिसुकै चुनौती भए पनि हाम्रो टिम महोत्सव गर्न कम्मर कसेर लागेको छ, अब बसैले रोकेर रोकीदैन, छेकेर पनि छेकिदैन यस बर्ष झन धेरै दर्शक भित्राउने रणनितिका साथ यो महोत्सव सफल पार्न हामी जुटि सकेका छौं । हामीले यो महोत्सब लाइ बिगतको भन्दा भब्य सभ्य साथ् अझ बढी परिकार र प्रस्तुतिका साथमा सफल पार्नेछौं । सहज र सामान्य अबस्थामा जो कोहिले पनि साथ र माया अनि छाया दिन्छन नै तर हामीले यो विसम परिस्थितीमा आयोजना गरेको महोत्सवमा तपाईको उपस्थिती हाम्रो एउटा परिक्षाको घडी पनि हुने छ ।( 17th Pokhara street Festival )

महोत्सब पोखरेलीहरुको ईज्जत र प्रतिष्ठासंग जोडिएको  विषय हो

प्रतिकुलतामा अनुकुल खोज्दै महोत्सवमा आउने पाहुनालाई हामी अग्रिम शुभकामना दिन चाहान्छौं, यो सडक महोत्सव तपाईहरुकै लागि हो, हामी त एक प्रतिनिधि पात्र मात्र हौं । क्रिसमस र अग्रेंजी नयाँ बर्षको गन्तव्य पोखरा बनाउने हाम्रो अभियानमा पोखरेलीहरुको ईज्जत र प्रतिष्ठासंग जोडिएकोले यो विसम परिस्थितीमा १७ औं सडक महोत्सव कस्तो बनाउने आगन्तुक पर्यटकहरुकै हातमा रहेको छ । अफ सिजन मानिने पुष महिनामा लेकसाईड नयाँ बर्ष र क्रिशमसको अबसरमा गरिने सडक महोत्सवले झकिझकाऊ र भब्य रुपमा बेहुली झैं सिँगारिन्छ । सडक महोत्सव, समग्र पोखराको पर्यटन ब्यवसाय, आर्थीक गतिविधी तथा खेल पर्यटन लगायतका बिषयमा जोडिदै आएको छ । विदेशबाट नेपाल आएका पर्यटकहरुलाई यही रोकि यहाँको पर्यटन पवद्र्धन गर्न पनि यो महोत्सव कोसोढुंगा सावित हुदै आएको छ ।( 17th Pokhara street Festival )

हस्तकलाका सामानहरुलाई प्रवद्र्धन गर्ने  निशुल्कः स्टल

पोखरालाई पर्यटकीय हब बनाउनको लागि कास्की सहितका छिमेकी जिल्ला र कास्कीका गाँउ गाँउसम्म यस्ता मेला र महोत्सवले समेट्नु पर्दछ । यस पाली हामीले घरमा उत्पादन भएका हस्तकलाका सामानहरुलाई प्रवद्र्धन गर्ने उद्धेश्यले यस्ता व्यावसाय प्रवद्र्धन गर्न निशुल्कः स्टल दिने भएका छौं । पोखरा आउने पर्यटकहरुलाई पर्यटनसंग सम्बन्धि विभिन्न संघ संस्थाहरुले पनि होस्टेमा है से गर्दै विभिन्न छुट तथा प्याकेजका कार्यक्रम समेत दिने गरेका छन । विसम परिस्थितीमा आयोजना भएको उक्त महोत्सवमा उपलब्ध हुने सेवा तथा बस्तुहरुमा हामी कुनै मुल्य बृद्धि गर्ने छौनौं बरु मेनुमा १५ प्रतिशतसम्म छुट दिने छौं । आग्रेंजी नयाँ बर्ष ईभको दिनमा राति २ बजेसम्म महोत्सव चल्ने भएको छ भने अन्य दिनका मध्यान्हः १२ बजे देखि राति ११ बजेसम्म चल्ने भएको छ । ( 17th Pokhara street Festival )

आन्तरीक पर्यटक यस बर्ष झन बढी आउने विश्वास

हामीले आयोजना भएको महोत्सवबाट बचत भएको रकम फेवाताल संरक्षण, भूकम्पबाट प्रभावित भएका तथा बाढीबाट प्रभावित भएका र मजदुरका छोरा छोरीको लागि केहि सहयोग गर्ने छौं । साँढे ३ किलोमिटर खुल्ला सडकमै हिड्दै विभिन्न जातजातिको भेषभुषा, रहन सहन देख्नुको साथै खानाका परिकार खान पाउनु हाम्रो महोत्सवको मुख्य बिषेशता हो । साथै हामीले युवाहरुलाई लक्षित गरी पप कन्सर्ट समेत आयोजना गर्दै आएका छौं । हामी असहज परिस्थितीमा पनि सहज पार्न जोस जागर लिएर लागि परेका छौं हाम्रो जोस जागरलाई हौसला दिन पनि तपाईहरुको सहभागिता हाम्रो लागि ठुलो उपलब्धी हुने छ। हामी सवै एक जुट भएर चुनौतीको सामाना गर्दै अघि बढेका छौं । आन्तरीक पर्यटक झन यस बर्ष बढी आउनु हुने छ भन्ने हामीले विश्वास लिएका छौं । व्यावसायीक हिसावले हाम्रो कुनै कमीकमजोरी हुने छैन, धेरै देशका खानाका परिकारको स्वादमा, पर्यटकहरुलाई मनोरन्जन दिने, सुरक्षाको दृष्टिले कुनै कसर बाँकी राख्दैनौं । ( 17th Pokhara street Festival )

विसम परिस्थितिमा आयोजना हुने महोत्सव परिक्षाको घडी -दोर्जे लामा

pokhara street festival 4

 

१७ औं सडक महोत्सवका संयोजक दोर्जे लामाक अनुसार सडक महोत्सवको तयारी तिव्र गतिमा अघि बढेको छ, करीब ६० प्रतिशत तयारी पुरा भएको छ। विभिन्न उपसमितिका संयोजकहरुले  नेतृत्वमा महोत्सवलाई सफल पार्न आ–आफ्नो जिम्मेवारी वहन गर्दै हुनुहुन्छ । अघिल्ला बर्षको झै एस बर्ष पनि उस्तै ढंगले महोत्सव हुदै छ भने यस बर्ष मुख्य तीन कुरा थप हुने छन  । १७ वटा विभिन्न राष्ट्रका राजदुतावासको कार्यालय समक्ष हामीले उनीहरुको देशको खानाको परिकार सहित सांस्कृतिक बिषय बस्तु प्रस्तुतः गर्न आग्रह गर्दै राजदुतको ढोकासम्म जादै छौं । शिक्षा, स्वास्थ्य, पर्यटनको सचेतनाको लागि सडकमा शिक्षा मुलक कार्यक्रम प्रस्तुतीको लागि आयोजा गर्ने संघ संस्थाहरुसंग समन्वय गर्ने, ठुलो मात्रमा रेवानकै माताहातमा रहने गरी ठुलो मात्रमा पिय पदार्थको विक्रि कक्ष राखिने भएको छ । जुन पिय पदार्थको नाफाबाट हामीले भूकम्प, र बाढी प्रभावित, फेवाताल संरक्षण लगायतको सामाजिक क्षेत्रमा करीब १० लाख खर्चने योजना बनाएका छौं । जुन हाम्रो पिय पदार्थ उपलब्ध हुने स्टलमा जुस देखि विभिन्न ब्राण्डका पिय पदार्थ केहि सहुलिएतमा उपलब्ध हुने छ । ( 17th Pokhara street Festival )

प्रशासनले आफुहरुको माग सम्वोधन गर्ने विश्वास

अहिलेको विसम परिस्थितीमा हामीले आयोजना गर्न लागेको महोत्सव सफल हुनेमा हामी सकरात्मक ढंगले आशा बादी छौं । २ हजार ५ सय सिलिण्डर ग्याँस, २५ हजार लिटर डिजेल र ४० ट्रक दाउरा स्थानीय प्रशासनसंग माग गरेकोले प्रशासनले पनि केहि हदसम्म आफुहरुको माग सम्वोधन गर्ने उनले विश्वास लिएका छन। दुखःमा एक अर्कोलाई मुख हेर्नछन यस्तो परिस्थितीमा संयोजकको भूमिका निर्वाहन गर्ने जिम्मेवार मेरो काधमा आएको छ, यो मेरो लागि परिक्षको घडीमात्र होईन ठुलो अवसरसंगै चुनाती पनि आएको छ । म र मेरो टिमले मलाई विश्वास छ भव्य रुपमा यो महोत्सव सफल पारी छाड्ने छौं यसमा तपाईहरु जस्ता मिडियाले हाम्रो हरेक गतिविधिलाई आम जनता माझ लैजानाले हाम्रो महोत्सव सभ्य र भब्ब हुनेमा कुनै शंका छैन । ( 17th Pokhara street Festival )

सुख दुख साट साट गरी पोखरामा आएर नयाँ बर्ष मनाऔं

महोत्सवमा संयोजक तोकेको मितिदेखि मेरो घर परिवार र साथीभाई र अन्य व्यावसायी साथीहरुले साथ दिदै आउनु भएको छ । नेपाल अहिले दुखःको अबस्थामा छ यो अबस्थामा नेपाल भ्रमण गर्न स्वदेशी तथा विदेशीलाई हार्दिक निमन्त्रणा गर्दछु । सुखको समयमा सवैले साथ दिन्छन तर दुखःको समयमा अब पोखरालाई माया गर्ने व्यक्तिको खाँचो छ, हामीलाई हाम्रो महोत्सवमा आएर सहभागि भएर हाम्रो कमि कमजोरी औल्याई दिनु भयो भने भोलिका दिनमा हामीले परीमार्जन गर्दै जाने छौं । यो विसम परिस्थितीमा पनि हामी नेपाली दाजुभाई विदेशी पर्यटकको साथमा सुख दुख साट साट गरी पोखरामा आएर अग्रेंजी नयाँ बर्ष मनाऔं । ( 17th Pokhara street Festival )

महोत्सव प्रवद्र्धन गर्न विभिन्न शहरहरु जाने तयारीमा छौं – लक्ष्मण बरा

pokhara street festival 2

१७ औं सडक महोत्सव प्रचार प्रसार संयोजक लक्ष्मण बराल यस पालीको महोत्सव ठुलो चुनौती भएर आएको बताउनुहुन्छ  । चुनौतीका बावजुत पनि हामी भएको सिमित श्रोत साधनलाई उच्चतम प्रयोग हुने गरी यो महोत्सवमा प्रयोग गर्दै छौं । प्रचार प्रसारको कुरा गर्दा हाम्रो महोत्सवलाई सफल पार्न विभिन्न संचार माध्यमहरुले व्यापक रुपमा प्रचार प्रसार गर्दै आउनु भएको छ । यसै क्रममा हाम्रो अपिसिएल मिडियाको रुपमा पत्रिकाबाट अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक, टेलिभिजनमा एभिन्यूज टेलिभिजन र अनलाईनमा पोखरा आर्थिक डट कम रहेका छन । पुष एक गतेदेखि महोत्सवको प्रचार अभियान अन्र्तगत महोत्सव प्रवर्धनको लागि हाम्रो टिम देशका विभिन्न शहरहरुमा दाङ, वुटवल, भैरहवा, सौराहा लगायतको क्षेत्रमा जाने तयारी गरेको छ । तिव्तको ल्हासा बाट एक टोली महोत्सवमा आउने भएको छ । विभिन्न राष्ट्रका राजदुतावास कार्यालयमा निमन्त्रणा गर्दैै खानाको परिकार सहित सांकृतिक भेषभुषा प्रस्तुतीको लागि आग्रह गर्दै छौं । अगेंजी नयाँ बर्ष पोखरामा आएर हर्स उल्लाहासका साथ मनाउन मैले सम्पुर्ण स्वदेशी तथा विदेशी दाजुभाई दिदी वहिनीहरुमा आग्रह गर्दछु । १५ देखि २० थरीका विभिन्न सांस्कृतिक कार्यक्रमहरु महोत्सवमा पस्कले हामीले जमर्को गरेका छौं । ( 17th Pokhara street Festival )

दर्शक तथा प्रायोजकको साथले महोत्सव सफल हुन्छ – योगेश भट्टराई

pokhara street festival 3

१७ औं सडक महोत्सवका आर्थिक संयोजक रहनुभएका योगेश भट्टराई विसम परिस्थितीमा पनि हामीले सडक महोत्सवलाई यस बर्ष पनि निरन्तरता दिदै छौं । हाम्रा सहयोगि दाता तथा दर्शकहरुको मायाले गर्दा यस बर्ष आयोजना हुने १७ औं सडक महोत्सवमा उतिकै सफल हुनेमा हामी विश्वस्त भएका छौं । पाँच दिन संचालन हुने उक्त महोत्सवबाट ६० लाख आम्दानी हुने अपेक्षा गरेका छौं भने उक्त महोत्सव सफल पार्न ४५ लाख खर्च हुने छ । महोत्सवबाट १५ लाख बचत गर्ने लक्ष्य राखिएको छ । गोर्खा ब्रूअरी प्रा.लि., हिमालयन डिष्ट्रिलरी मुख्य प्रयोजन रहेको महोत्सवमा वोटलस नेपाल सह प्रयोजक सिद्धार्थ बैंक र पोखरा हिमालयन मिट सप्लायर्स प्रा.लि. सहयोगि रहेका छन । नेपाल पर्यटन वोर्ड महोत्सवको प्रवद्र्धक रहेको छ । राष्ट्रिय चर्चीत पप गायक निमा रुम्वा, सविन राई, स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने भएको छ भने दार्जलीङबाट विपुल क्षेत्री समेत महोत्सवमा आउने कार्यक्रम तय भएको छ । तपाईहरु महोत्सवमा आउदा हाम्रो अभियान सफल हुन्छ भने, तपाई यो विसम परिस्थितीमा हामीलाई साथ दिने कि नदिने तपाईको हातमा छ । ( 17th Pokhara street Festival )

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button