१३ औं साग खेलकुद सन २०१९ को मार्च ९ देखि १८ सम्म नेपालमा हुने

केशव पाठक, 
पोखरा-
१३ औं साग खेलकुद नेपालमा सन २०१९ को मार्च ९ देखि १८ सम्म नेपालमा सम्पन्न गर्ने गरि निर्णय भएको छ । नेपाली मिति अनुसार २०७५ फाल्गुन २५ देखि चैत्र  ४ गते सम्म नेपालमा साग खेल आयोजना गर्न शनिवार काठमाडौमा बसेको दक्षिण एशियाली ओलोम्पिक काउन्सिलको बैठकले मिति तय गर्दै वंगालादेशमा आयोजना भएको ११ औं दक्षिण एसियाली खेलकुदको मोडेलमा नै नेपालमा आयोजना गर्ने निर्णय भएको नेपाल आलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले पोखरा न्युजलाई बताए । गुरुङ्गका अनुसार १३ औं सागमा कम्तिमा २० र वढीमा २५ खेलहरु समावेश गरिने छन ।

नेपाल ओलोम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठको अध्यक्षतमा सम्पन्न बैठकमा सहभागी युवा तथा खेलुकद मन्त्रि दलजित श्रीपालीले नेपालले यो अवसरको रुपको लिएको बताए । उनले नेपाल सरकार नेपालमा १३ औं साग खेल आयोजना गर्न पुर्ण प्रतिवद्ध रहेको समेत बताएका थिए । बैठकमा काउन्सिलको विधानका वारेमा समेत छलफल भएको र विधानमा केही नयाँ कुराहरुलाई समावेश गर्दै काउन्सिलको सदस्यमा दक्षिण एसियाली राष्ट्रका ओलोम्पिक कमिटीका अध्यक्ष र महासचिव सदस्य रहने भएको समेत बताइएको छ ।

यस अघि भारतको आसाम र मेघालयमा सम्पन्न १२ औ सागमा भारतले नेपालमा १३ औं साग आयोजना गर्न झण्डा हस्तान्तरण गरेको थियो । साग खेल आयोजना गर्न नेपालले झण्डा लिएर आएको भए पनि मुलुककको विभिन्न राजनितिक गतिरोधका कारण नेपालमा आयोजना हुने वा नहुने विषयमा समेत शंका उत्पन्न भइरहेको थियो । परिषदको शनिवार सम्पन्न वैठकले मिति तय गरिसकेकोले अव नेपालमा नै १३ औं साग खेल हुनेमा आफु ढुक्क रहेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका अध्यक्ष खगराज पौडेलले बताए ।

आउदो दक्षिण एसियाली खेलकुदमा  अफगानिस्तान भने सामेल नहुने भएको छ। अफगानिस्तानले अबदेखि दक्षिण एसिया वाट नखेल्ने जानकारी दिदै बाहिरिने बताइसकेको  छ ।

नोट – यसअघि मिति गलत उल्लेख भएकोमा सच्याइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button