हालसम्मकै सवै भन्दा बढी राजश्व संकलन

दिननाथ बराल
पोखरा १२, साउन

पोखरामा ट्राफिक प्रहरीले आर्थिक बर्ष २०७१÷०७२ मा हालसम्मकै सवै भन्दा बढी राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीले यस आर्थिक बर्षमा ट्राफिक कार्रवाहीबाट २ करोड १८ लाख २६ हजार २ सय रुपैया राजश्व संकलन गरेको छ । यस आिर्थक बर्षमा ६८ हजार एक सय वटा सवारी साधनहरु कार्रवाही गर्दा उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक श्याँमु अर्यालले बताए ।

अघिल्लो बर्षको तुलनामा यस बर्ष ७१ लख ५२ हजार ८ सय रुपैया बढी राजश्व संकलन भएको अर्यालले बताए । ट्राफिक प्रहरीले राजश्व बृद्धि गरे पनि सोही अनुरुपको सवारी दुर्घंटनाबाट हुुने मृत्युदर भने घटेको देखिदैन। गत आर्थिक बर्षमा ८७ वटा सवारी दुर्घटना हुदा ३६ जनाको ज्यान गएको थियो भने यस आर्थिक बर्षमा ८७ वटा सवारी दुर्र्घटना हुदा ४१ जनाको मृत्यु भएको छ । कास्कीमा २०६९÷०७० मा ४७ वटा सवारी दुर्घटना हुदा २४ जनाको ज्यान गएको थियो । सवारी साधन र चालकहरुको संख्या बृद्धिसंगै आफुहरुसंग भएको सिमित श्रोतसाधनले गर्दा आफुहरुको प्रयासले केहि सवारी दुघटना कम भएको अर्यालको दाबी छ । उनले भने “हामीसंग भएको ६० जना ट्राफिक प्रहरीले सिंगो पोखरा सहित कास्कीको ट्राफिक व्याबस्थापन गर्नुपर्दछ, यसमा हामीले अझ जति सक्दो सवारी दुर्घटना कम गर्न सकिन्छ त्यसमा हामी लाग्ने छौं । ”

एक बर्षमा ३२ हजार ५ सय ७९ वटा मोटरसाईकल कार्रवाहीमा पर्दा १ करोड १६ लाख २हजार ८ सय रुपैया राजश्व संकलन भएको कार्यालयले जनाएको छ । १० हजार ९ सय १४ वटा बस कार्रवाहीमा पर्दा ३१ लख ५७ हजार ४ सय रुपैया राजश्व संकलन भएको छ । जिप÷कार÷भ्यान÷ट्याक्सी एक बर्षमा १३ हजार ३ सय ३७ वटा कार्रवाहीमा पर्दा ३८ लाख ९९ हजार ४ सय रुपैया राजश्व संकलन भएको हो ।

त्यसै गरी कास्कीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ९मापसे० कावाहीबाट यस बर्ष १ हजार ९ सय ७७ वटा सवारी धनि कावाहीमा पर्दा १९ लाख ७७ हजार राजश्व संकलन भएको अर्यालले जनाए । गत बर्ष कास्कीमा १ हजार ५ सय ९८ जना मापसेमा पर्दा १५ लाख ९८ हजार रुपैया राजश्व संकलन भएको थियो ।

मानिस तथा सवारी साधनहरुको सङख्यामा बृद्धि भएकोले सवारी दुर्घटना बढी भएको बताउदै अर्यालले आफुहरुसंग भएको सिमित श्रोत साधनले भ्याएसम्म सवारी दुर्घटना न्युनिकरण गर्न आफुहरु लागेको बताए । सडक प्रयोगकर्ता र यात्रुहरु पनि बर्दी विनाका ट्राफिक प्रहरीको रुपमा प्रहरीलाई सघाउने गरी सवारी दुर्घटना न्युनिकरणमा लाग्नुपर्ने उनले बताए ।

जिल्ला ट्राफिक कार्यालय कास्कीमा २०५५ सालको २८ जना कर्मचारी दरवन्दी हालसम्म यथावत रहेको छ । हाल जिल्ला ट्राफिक कार्यालय कास्कीमा २९ जना दरवन्दीका कर्मचारी सहित ६० जना ट्राफिक प्रहरी रहेका छन । अन्य ट्राफिक प्रहरी क्षेत्रिय प्रहरी कार्यालय पोखराबाट काजमा आएका हुन । ट्राफिक कार्यालयको आफ्नै भवनको मात्र अभाव छैन उनीहरुले प्रयोग गर्ने प्रविधिहरुको समेत अभाव रहेको छ । सामान्यतया कास्कीको एक ट्राफिक प्रहरीले १ हजार ९ सय ४५ वटा सवारी साधनको अनुगमन गर्ने भागमा पर्न आउछ । कास्कीमा एक ट्राफिकले सामान्यतया ६ हजार ९ सय १८ जना मानिसहरुको अनुगमन गर्नुपर्दछ । कास्कीमा कार्यालय सहित ७ वटा ट्राफिक पोष्टहरु रहेका छन । कास्कीको क्षेत्रको पक्की सडकको लम्वाई ४ सय ६१ किलोमिटर रहेकोमा प्रति ट्राफिक ८ किलोमिटर क्षेत्रमा रेखदेख गर्नु पर्दछ । कास्कीमा एक लाख ७ हजार ठुला साना सवारी साधनहरु रहेको बताईन्छ ।

ट्राफिक प्रहरीसंग सावारी गति मापन यत्र ९राडर गन०, मापसे चेकिङमा प्रयोग हुने व्रेथ लाईजर, म्याजिक लाईट लगायतका सामाग्रि अभाव रहेको छ । कास्कीको ट्राफिक प्रहरीसंग एम्बुलेन्स सेवा तथा क्रेन लगायतको सेवा सुबिधा नहुदा ठुला दुर्घटना हुदा घन्टौसम्म सडक अबरुद्ध हुने अबस्था रहेको छ । सवारी दुर्घटना हुदा छिटो छरीतो उनीहरु घटना स्थलमा पुग्नको लागि यस्ता प्रविधिहरुको अभाव भएको प्रमुख अर्यालले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button