पर्यटकलाई लक्षित पोखरा देखि काठमाण्डौं रुटमा एसिया स्तरकै उत्कृष्ट सेवा मिनिवार सहितको एक करोड ७५ लाखको वस पोखरामा भित्रियो

दिननाथ बराल
पोखरा १४,भदौ

पर्यटकहरुलाई लक्षित गरी पोखरामा एक पछि अर्काे अत्याधुनिक सुविधा सम्पन्न यात्रु वाहक वसहरु थपिने क्रम जारी रहेको छ । नेपालमै पहिलो पटक विगत तीन साता अघि देखि मात्र सुरु भएको पोखरा काठमाण्डौको रुटमा सौचालय सहितको पर्यटक बसले सुविधा दिदै आएको अबस्थामा पोखरा काठमाण्डौको लागि लक्षित गरी सम्भवत एसियामै पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न यात्रुवाहक वस समेत पोखरा भित्रिएको छ ।

पोखरा जगदम्बा ट्राभल्सले यातयात क्षेत्रमा नयाँ आयाम थप्ने उद्धेश्यले एसियामै पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न भएको वस पोखरा भित्राएको ट्राभल्सका संचालक केशवराज अधिकारीले बताए । उनले भने “हामीले समय अनुसार यात्रुहरुलाई उत्कृष्ट सेवा दिदै जानु पर्दछ, हामीले पर्यटकहरुलाई नै लक्षित गरी उक्त वस पोखरा भित्राएका हौं ।” करीब एक साता पछि पोखरा काठमाण्डौमा संचालन गर्ने तयारी गरेको बताएका अधिकारीले एउटा वस पोखरा भित्रिएकोले एउटा वस पोखरा आउदै गर्दा बाटोमा बन्दको कारणले गर्दा आउन ढिलाई भएको बताए । दुई वटा वसहरु पोखरा भित्रिएसंगै औपचारीक उद्घाटन पछि व्यावसायीक रुपमा उक्त सेवा संचालनमा आउने भएको उनले जनाए । उनले भने “हाम्रो वसमा मिनि वार सहितको सुविधाहरु रहेको छ, यसमा वस होष्टेज हुनेछन, जुन सेवा हामीले हवाई जहाजमा भएको जस्तै सेवा दिने छौं ।” बहुचर्चीत असोका लेल्याण्डको उक्त उउटा गाडीको मुल्य मात्र एक करोड ७५ लाख परेको कम्पनीले दाबी गरेको छ । २१ सिटे उक्त गाडीमै चिया, कफि, जुस तथा पानी सहितको खाजाको व्याबस्था रहने भएको छ भने पोखरा काठमाण्डौ र काठमाण्डौ पोखरा रुटमा संचालन हुने उक्त गाडीको भाडा शुल्क भने नेपालीहरुको लागि दुई हजार र विदेशीलाई २ हजार ५ सय रुपैया हुने भएको छ । पोखरामा आउने पर्यटकहरुलाई हवाई मार्गको विकल्पको रुपमा पनि यो सेवा संचालन गरेको बताएका अधिकारीले यो सेवा राम्रोसंग संचालन भएसंगै अन्य क्षेत्रमा समेत यस्तो सेवा विस्तार गर्न सकिने जनाए ।

कम्पनीले तोकेको भाडामा यात्रुले वसभित्रै फ्रि वाइफाई देखि खाजा, खाना, पत्रपत्रिका पढ्न पाउने लगायतको सेवा प्राप्त गर्ने भएको संचालक अधिकारीले जनाए । यस वसमा रहने चालक, सहचालक र वस होष्टेजलाई हाल एयरहोष्टेलबाट तालिम दिदै गरेको बताएका अधिकारीले यात्रुको रेखदेखमा वस होष्टेजले ख्याल गर्ने भएकी छन । पृथ्बीराजमार्ग वस संचालक समितिद्धारा संचालन हुने तयारी भएको उक्त वस पोखरा देखि विहान ८ बजे छुट्ने भएको छ । जगदम्बाले यातयात क्षेत्रमा नयाँ आयाम थप्ने क्रममा गतबर्ष देखि अत्याधुनिक एसि सहितका ४० वटा वसहरु संचालनमा ल्याएको दाबी गरेको छ । पोखरा विराटनगर, विराटनगर काठमाण्ठौ, विरगन्ज काठमाण्डौ, पोखरा दिल्ली समेत उक्त कम्पनीका वसहरु संचालन हुदै आएको अधिकारीले बताए ।

२०४६ साल देखि पोखराबाट काठमाण्डौको लागि सुविधा सम्पन्न हरियो प्लेटका पर्यटक गाडीहरु संचालनमा आए पनि पछिल्लो क्रममा पृथ्बीराजमार्ग बस संचालक समिति अन्र्तगत विभिन्न कम्पनीहरुले समेत पर्यटकलाई नै लक्षित गरी अत्याधुनिक सुविधा सम्पन्न वसहरुमा भित्राउदैै आएका छन । वागेश्वरी ट्राभल्सले २०३४ सालदेखि पर्यटकलाई लक्षित गरी पोखरा काठमाण्डौ सेवा दिदै आएको क्षेत्रिय नाट्टा संघ पोखराका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । संघबाट व्यवस्थित रुपमा भने २०४६ सालदेखि सुरु भएको श्रेष्ठले जनाए । संघमा आवद्ध २४ वटा कम्पनीले हाल ७० वटा पर्यटक वसहरु संचालन गर्दै आएका छन भने भूकम्पलको कारणले गर्दा हाल देनिक जसो मुस्कीलले ६ वटा वसहरु मात्र संचालन हुने गरेको श्रेष्ठले जनाए । सामान्यतया अन्य दिनमा दैनिक २४ वटा वसहरु संचालन हुने गरेक थिए । पर्यटक वसमा पोखरा देखि काठमाण्डौको लागि ७ सय ५० रुपैया देखि २३ डलर सम्म शुल्क रहेको संघले जनाएको छ । संघमा आवद्ध रहेको डेविड टुर्स एण्ड ट्राभल्सले यातयात क्षेत्रमा नयाँ आयाम थप्ने क्रममा सौचालय सहितको सुविधा भएको दुई वटा वस पोखरा काठमाण्डौंमा सेवा संचालनमा ल्याएको छ ।

डेविड टुर्स एण्ड ट्राभल्सका संचालक प्रदीप काफ्लेले विरामीहरुलाई लक्षित गरी आफुहरुले सौचालय सहितको उत्त वस सेवा संचालनमा ल्याएको बताए । उनले भने “हामीले उक्त वस संचालनको मात्र तीन हप्ता पनि भएको छैन तर हामी धेरै सन्तुष्टी छौं, चिनी रोगीका बिरामीलाइ झन बढी उपयुत्त हुने गर्दछ । एउटा वसको मुल्य ८० लाख पर्यो भने पोखरा देखि काठमाण्डौको लागि एक हजार रुपैया शुल्क रहेको काफ्लेले जनाए । एउटा सौचालय रहेको छ भने १ सय २० लिटर क्षेमताको पानी ट्याङकी र ८० लिटर क्षेमताको सेफ्टी ट्याङी वसमा जडान गरीएको छ ।

२०२९ सालमा ४ वटा वसबाट सेवा सुरु गरेको पृथ्वीराजमार्ग बस सञ्चालक समिति पोखराले हाल ११ सय ४८ वटा गाडीहरु संचालनमा ल्याएको छ । उक्त गाडीहरु मध्य गतबर्ष देखि हालसम्म अत्याधुनिक सुविधा सम्पन्नका करीब ४ सय वटा नयाँ गाडीहरु थपेको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले बताए । यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै समितिले रात्री बसमा एसी तथा नन एसी डिलक्स बसहरु केहि समय अघि देखि संचालनमा ल्याएको छ । राज्यले यातायातको क्षेत्रमा कुनै सुविधा नदिने र यातायात ब्यवसायीहरुलाई सिण्डिकेटको आरोप लगाएर आफुहरुलाई बेलावेलामा दुख दिइरहेको प्रति अध्यक्ष शाईले गुनासो गरे ।

पोखरा—काँकरभिट्टा, पोखरा—धरान, पोखरा—कटारी रात्री बस सेवामा थप स्तरिय डिलक्स बसहरु सञ्चालन ल्याएसंगै समितिकै समन्वयमा पोखरा काठमाण्डौको लागि केहि दिन पछि एसियामै पहिलो पटक यातयात क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न वसहरु पोखराबाट संचालन हुने भएको बताए । उनले भने “लगानी र सुविधाको हिसावले उक्त गाडीको भाडा पनि करीब ५० प्रतिशतले सस्तो छ । ” सरकारले उक्त गाडी संचालन गरेको खण्डमा ४ हजारसम्म पर्ने उनले जनाए । निजि क्षेत्रले यातयात क्षेत्रमा ठुलो लगानी गरी रहदा सरकारले यसको संरक्षण गरी थप लगानी गर्ने वातावरण सृजना गर्न उनले माग समेत गरे । समितिद्धारा हाल करीब २ सय ५० वटा रुटमा दैनिक ५ सय गाडीहरु संचालन हुदै आएको समितिका महासचिव योगेन्द्र केसीले जनाए । पर्यटकीय नगरी पोखरामा हवाई मार्गको पहुच कम भएकोले पनि अत्याधुनिक सुविधा सम्पन्न वसहरु आवश्यक भएको नेपाल राष्ट्रिय यातयात व्यावसायी महासंघका पश्चिमाञ्चल संयोजक धर्मराज अधिकारीले बताए । उनले भने “गुणस्तरीय, सुरक्षित यात्रा तथा उपभोक्ता मुखि सेवा आजको आवश्यकता छ, निजि क्षेत्रले यसरी एउटै वसमा करोड बढी लगानी गर्दा यसमा सरकारले कसरी सुरक्षा दिने भन्ने बिषयमा अब गम्भीर हुनु पर्दछ । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button