रत्नपूरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः बस्ताकोटी

पोखरा ३०, असोज:
रत्नपूरी बचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेसनले पुनः रामप्रसाद बस्ताकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरा ६ ढाँड, रत्नपूरीमा कार्यालय रहेको उक्त सहकार्यको आगामी तीन बर्षे कार्यकालको लागि उपाध्यक्षमा दिनबन्धु पौडेल, सचिवमा मानबहादुर थापा, कोषाध्यक्षमा मातृकाराज घिमिरे, सहसचिवमा राधादेवि बराल र सदस्यहरुमा खिमबहादुर थापा, धर्मराज रोक्हा, मुक्तिनाथ पौडेल, भक्तबहादुर कार्की र हिमलाल काफ्ले रहेका छन । त्यसै गरी लेखा समितिका संयोजकमा राजेन्द्र प्रसाद पौडेल चयन भएका हुन ।

उक्त अवसरमा सहकारीका शेयर सदस्यका छोरा छोरी मध्यमबाट उत्कृष्ट अंक ल्याउन सफल भएका हेमन्तराज पौडेल र अस्मीता पौडेललाई सम्मान गरीएको छ । त्यसै गरी बृद्धबृद्धा ४ जनालाई समेत सम्मान गरीएको हो । सम्मानित हुनेहरुमा तुलसी पौडेल, आलना थापा, नरहरी भण्डारी र बिष्णुमाया पराजुली रहेका छन । ७५ बर्ष माथिका संस्थाका शेयर सदस्यका आमा बाबुलाई सम्मान गरीएको हो ।
उक्त संथाको शेयर पुंजी ४७ लाख रहेको छ भने ९१ लाख ८७ हजार लगानी भएको लेखा समितिका संयोजक राजेन्द्र प्रसाद पौडेलले बताए । शेयर सदस्यमा ९४ जना रहेका छन भने जसमध्य ३१ जना महिलाहरु रहेका छन ।

संस्थाका अध्यक्ष रामप्रसाद बस्ताकोटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सल्लाहकार रघुनाथ अधिकारी, उपाध्यक्ष दिनबन्धु पौडेल, कोषाध्यक्ष गंगाधर अधिकारी, सह–सचिव केशवराज बराल, लेखा समितिका संयोजक राजेन्द्र प्रसाद पौडेल, शेयर सदस्य विमा पौडेल र प्रमेश्वर आचार्य लगायतले वोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button