पोखरेली व्यवसायीद्धारा भारतीय खसि बोका बहिस्कार

पोखरा १५, कार्तिक:
पोखरेली मासु व्यवसायीहरुले भारतीय क्षेत्रमा उत्पादन भएका खसि बोका बहिस्कार गरेका छन । भारतले नेपाल माथि एक महिना भन्दा लामो समयदेखि अघोषित रुपमा गरेको नाकावन्दीको कारणले गर्दा आगामी दिनमा भारतबाट आफुहरुले खसि वोका नल्याउने भएको पोखरा खसीबोका व्यवसायी समितिका उपाध्यक्ष एवं कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिका सचिव ज्ञानहरी आचार्यले आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन ।

उनले भने “यस अघि हामीले पोखरा क्षेत्रमा करीब ६० प्रतिशत जसो मात्र खसि बोका भारतबाट भित्राउने भए पनि आगामी दिन देखि स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्धेश्यले स्वदेशमै उत्पादन भएका खसि बोका मात्र हामीले विक्रि वितरण गर्ने भएका छौं । ” नेपालको ग्रामिण भेगमा उत्पादन भएका खसि बोकाको उचित मुल्य दिने गरी हाल समितिले ४ वटा गाडीहरु समेत लिएकोले सुर्खेेत, दाङ, धनगढी लगायतको क्षेत्रसम्म पुगेर आफुरुले खसि वोका खरिद गर्न जाने उनले बताए । पोखरा खसि तथा बोका व्यवसायी समितिमा आवद्ध भएका २१ वटा व्यवसायीहरुले जिउदो खसि तथा बोकाको खरिद विक्रि गर्ने गरेका छन भने ४ सय ५० जसो व्यवसायीहरुले मासु विक्रि वितरण गर्ने गरेका हुन ।
कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिका अध्यक्ष भोलानाथ ओझाले पोखरा क्ष्ोत्रमा बार्षिक रुपमा एक अर्व रुपैया बराबरको मासुको कारोवार हुने गरेको बताए । भारतबाट खसि बोका बहिस्कार गरे पछि स्वदेशमा खसि बोका उत्पादन हुने दाबी गर्दै अध्यक्ष ओझाले भारतबाट आयात हुने खसि बोका स्वदेशमा उत्पादन भएको खण्डमा ५० करोड भन्दा बढी रकम स्वदेशै रहने बताए । समितिले कृषकलाई जिउदो खसि बोकाको मुल्य प्रतिकेजी ४ सय देखि ४ सय २० रुपैया दिने गरेको छ । पोखरा क्षेत्रमा हाल खसि तथा बोकाकोे तयारी मासु ८ सय ८० रहेको छ । त्यसै गरी कुखुराको होल चिकेन प्रति केजी ३ सय २० रुपैया र स्पेसल मासुको मुल्य ३ सय ६० रहेको छ । कास्कीमा कुखुरा सम्बन्धि ६ सय २३ वटा मासु पसलहरु संघमा आवद्ध भए पनि ४ सयको हाराहारीमा अझै संघ भन्दा बाहिर रहेको बताईन्छ । राजश्व छल्ने प्रबृक्ति, दिगो व्यावसाय गर्ने सोचको कमि आदि कारणले अझै पनि ती व्यवासायीहरु करको दायरामा नआएको समेत समितिले जनाएको छ ।
पोखरा क्षेत्रमा यसपालीको दशैं पर्वको अवसरमा गत बर्षको भन्दा करीब ४० प्रतिशत मासुको खपत कम भएको छ । भारतले नेपाल माथि गरेको अघोषित नाकावन्दीको कारणले पेट्रोलियम पदार्थ, ग्याँस लगायतका अत्यावसेक सेवा सहज उपलब्ध नभएको कारणले गर्दा यस बर्षको नेपालीहरुको महान पर्व दशैं पर्वको अवसरमा गत बर्षको तुलनामा यस बर्ष ४० प्रतिशत मासुको खपत कम भएको व्यवसायीहरु बताएछन ।

पोखरा खसीबोका व्यवसायी समितिका उपाध्यक्ष एवं कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिका सचिव ज्ञानहरी आचार्यले अघिल्लो बर्षको तुलनामा यस बर्ष दशैं पर्वमा पोखरा क्षेत्रमा मासुको विक्रि निकै कम भएको बताए । पोखरामा दैनिक जसो ७० हजार किलोग्राम मासु खपत हुने गरेको छ । पोखरा क्षेत्रमा दैनिक जसो करीब ५० हजार कुखुरा, १० हजार राँगा, भैसी र १० हजार केजी खसि वोकाको मासु विक्रि हुने गरेको व्यावसायिहरु बताउछन । कुखुरा अधिकाशं कास्कीमा उत्पादन हुने गरेको छ , खसि वोका अधिकाश भारतबाट आयात हुने गरेको छ भने राँगा भैसी भने पश्चिम नेपालका विभिन्न जिल्लाबाट आउने गरेको छ ।
बजार व्यवस्थापन तथा आन्तरीक अनुगमन समितिका संयोजक प्रदीप खड्गीले पछिल्लो क्रममा पोखरा क्षेत्रमा गुणस्तरको मासु विक्रि वितरण हुने गरेको बताए । केहि व्यवसायीहरुले केहि समय अघि मासु मिसावट गरे पछी उनीहरु उपर कार्रवाही भए पछि पछिल्लो क्रममा त्यसो नभएको र शुद्ध मासु विक्रि हुदै आएको खड्गीले बताए । पोखरामा स्वस्थ्छ मासु वितरण गर्न पोखरामा शध शाला आवश्यक भएको बताए ।

समितिका संयोजक प्रदीप खड्गीले पछिल्लो क्रममा पोखरा क्षेत्रमा गुणस्तरको मासु विक्रि वितरण हुने गरेको बताए । केहि व्यवसायीहरुले केहि समय अघि मासु मिसावट गरे पछी उनीहरु उपर कार्रवाही भए पछि पछिल्लो क्रममा त्यसो नभएको र शुद्ध मासु विक्रि हुदै आएको खड्गीले बताए । पोखरामा स्वस्थ्छ मासु वितरण गर्न पोखरामा शध शाला आवश्यक भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button