पोखरामा आज बुधबार ग्याँस वितरण गरीने – बिवरण सहित

दिननाथ बराल
पोखरा, १७ कार्तिक
पर्यटकीय नगरी पोखरामा एक महिना पछि बुधबार खाना पकाउने एल. पी. ग्याँस थोरै मात्रमा वितरण गरीने भएको छ । गत असोज ८ गते करीब ७ सय गृह लक्ष्मीको ग्याँस वितरण भएको पोखरामा भोलि करीब ४ हजार ५ सय गृह लक्ष्मीको आधा सिलिण्डर ग्याँस वितरण हुने भएको गृह लक्ष्मी ग्याँस गगनगौडा डिपोका अध्यक्ष धर्मराज वतौलाले बताए । उनले भने “हामीले बुधबार पोखरामा माग अनुसार निकै थोरै ग्याँस वितरण गर्दै छौं, जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार नयाँ बजार ९ प्रद्शनी केन्द्रमा प्रशासनको निगरानीमा गृह लक्ष्मीको मात्र आधा सिलिण्डर ग्याँस वितरण गर्ने भएका हौं । ” आफुहरुले गृह लक्ष्मीको भन्दा अन्य कुनै कम्पनीको सिलिण्डरसंग साटफेर तथा नयाँ सिलिण्डर समेत दिन नसक्ने वतौलाले प्रष्ट पारेका छन । उनले भने “ ग्याँस पाउने नाममा गृह लक्ष्मीको सिलिण्डर नभएका उपभोक्ताहरुले भोलि वितरण हुने ग्याँसको लाईनमा नवस्नु होला, त्यस्ता उपभोक्तालाई हामीले चाहेर पनि ग्याँस दिन सक्दैनौं र  गृह लक्ष्मीकै उपभोक्ता सवैलाई पनि हामीले पु¥याउन सक्दैनौं, यसमा जो पहिलो लाईनमा बस्छन उनीहरुले भएको गृह लक्ष्मीको ग्याँस पाउने छन ।”

आफुहरुसंग ३ वटा वुलेट आएको कारणले गर्दा मुस्कीलले ६ हजार ५ सय वटा मात्र आधा सिलिण्डर ग्याँस दिन सक्ने भएको उनले जनाए । पोखरामा वितरण भए पछि पुनः प्रशासनको निर्देशनमा विहिबार वा कुनै दिनमा लेखनाथमा गृह लक्ष्मी ग्याँस वितरण गरीने अध्यक्ष वतौलाले जनाए । थप वुलेट ल्याउन साथ प्रशासनसंग समन्वय गरी उपभोक्ताहरुलाई ग्याँस वितरण गर्ने समेत उनले जनाए । आधा सिलिण्डर ग्याँस भर्न समेत समस्या हुने भएको वतौलाले जनाए । ७ केजी तौल भएको आधा सिलिण्डरलाई ७ सय रुपैयामा विक्रि वितरण हुने भएको हो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद रेग्मीले बुधबार पोखरामा गृह लक्ष्मीको ग्याँस वितरण हुने भएको जनाए । पोखरामा गृह लक्ष्मीको ग्याँस वितरणको एउटा केन्द्रबाट हुने बताएका रेग्मीले कहाँ र कतिखेरबाट वितरण हुन्छ भन्ने प्रश्नमा भने बुधबार विहान मात्र जानकारी गराउने बताए । माग अनुसारको ग्याँस न्युन भएकोले प्रशासनले यस्तो निर्णय गरेको हो ।

ग्याँस विक्रेता संघ कास्कीका अध्यक्ष नारायण पौडेलले पोखरामा भदौ २२ गते देखि ग्याँसको अभाव सृजना भएको हाल सवै क्षेत्रमा यसको प्रभाव परेको जनाए । उनका अनुसार पोखरामा हाल दुई लाख खाली सिलिण्डर रहेका छन । कास्कीमा गृह लक्ष्मी र शक्ति ग्याँसको डिपो भए पनि पोखरामा १३ वटा कम्पनीका ग्याँस भित्रिएका छन । सहज रुपमा ग्यास नपाएपछि पोखरेली उपभोक्ताहरुले वैकिल्पक उपाय अपनाउदै
आएका छन । केहि होटल तथा रेष्टुरेण्टहरु भने ग्याँस र इन्दन अभावको कारणले बन्द गर्न थालेका छन । पोखरा क्षेत्रमा भने ग्याँसको विकल्पमा भूसे चुल्हो, कराई चुल्हो प्रयोग भएको छ भने अधिकाशंको घर तथा होटल तथा रेष्टुरेण्टहरुमा दाउरामा खाना पकाउन सुरु गरेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button