पोखरा फाइनान्सको नाफा १५ करोड ६३ लाख ३९ हजार, लाभांश ५१ प्रतिशत

पोखरा २१, कार्तिक

पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स ( Pokhara Finance ) लिमिटेडले आफ्ना शेयर धनिहरुलाई ५१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । शुक्रबार पोखरामा सम्पन्न भएको फाईनान्सको १९ औं वार्षिक साधारण सभाले फाईनान्सको २०७१÷७२ को लाभांश वितरणको लागि चुक्ता पृ्ंजीको कुल ५१.०५५ प्रतिशत लाभांश पारित गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए।

उक्त लाभांश वितरणपछि संस्थाको चुक्ता पृ्ंजी ४९ करोड ११ लाख १९ हजार २ सय पुग्ने भएको छ । संस्थाले यस अवधिमा निक्षेप २ अर्व ७१ करोड ५६ लाख तथा कर्जा लगानी तर्फ २ अर्व ३० करोड ३७ लाख कायम गरी खुद नाफा १५ करोड ६३ लाख ३९ हजार आर्जन गर्न सफल भएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।

यसै बिच, संस्थामा आगामी ४ वर्षका लागि सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुलाई चयन गरीएको छ । चयन हुनेहरुमा मेजर प्रेम बहादुर थापा, डा. दीपेन्द्र कुमार गौतम र माया गुरुङ रहेका छन । उनीहरु बार्षिक साधारण सभामा निर्विरोध निर्वाचित भएका हुन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button