प्याराग्लाईडीङ सोलो पाईलटको फेवातालमा डुवेर मृत्यु

पोखरा २१, कार्तिक
प्याराग्लाईडीङ एक सोलो पाईलट पोखराको फेवातालमा डुवेर मृत्यु भएको छ । काठमाण्डौं झापासी घर भई विगत ३ बर्ष देखि पोखरामा प्याराग्लाईडीङको एकल उढान भर्दै आएका करीब २६ बर्षीय सुनिल भट्टराईको फेवाताल माथिको आकासमा एक्रोव्याट गर्ने क्रममा फेवातालमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

व्यवसायिक उढान भर्ने तयारीमा रहेका भट्टराईले विगत ३ बर्ष देखि पोखरामा एकल रुपमा सोलो फुलाईट गर्दै आएका थिए । सराङकोटबाट उढान भरी शनिबार करीब २ बजे फेवाताल माथि एक्रोव्याट गर्ने क्रममा प्याराग्लाइडर भित्र छिर्न पुगि फेवाताल माथि बजारीन पुग्दा पानी खाएर उनको उपचार गर्ने क्रममा बाटोमै मृत्यु भएको बताईन्छ । दुर्घटना भएको खवर पाउना साथ आफुहरुको टोलीले रेस्क्यु गर्दा गर्दै उपचार गराउन लैजादै गर्दा बाटोमै मृत्यु भएको हवाई खेलकुद संस्था नाका उपाध्यक्ष सोवित वानियाले बताए । मृतक भट्टराईको शव हाल मणिपाल शिक्षण अस्पतालमा रहेको छ ।

यस अघि पनि आधा दर्जन बढी सोलो पाईलटहरुको प्याराग्लाईडीङ दुर्घटनामा परी मुत्यु भएको थियो । पोखरामा करीब एक सय भन्दा बढी व्यावसायीक उढान गर्ने प्याराग्लाईडीङका टेण्डम पाईलटहरु रहेका छन भने उतिकै सङख्यामा सोलो पाईलटहरु रहेको नाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button