पोखरा सहित कास्की पटका निषेधित क्षेत्र घोषणा

पोखरा, २४ कार्तिक

पर्यटकीय नगरी पोखरा सहित कास्की जिल्लालाई पटका निषेधित क्षेत्र घोषणा गरीएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले मंगलबार पोखरामा आयोजित एक समारोहका विच पोखरा सहित कास्की जिल्लालाई पटका निषेधित क्षेत्र घोषणा गरेका हुन ।

कास्कीमा पटकाजन्य पदार्थ विक्रि वितरण तथा पट्काउनमा पुर्ण रुपमा आज (मंगलबार)को मितिदेखि लागु हुने गरी पटका निषेधित क्षेत्र घोषणा गरीएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बतामए । उनले भने “ यदी कसैले प्रशासनले पुर्ण रुपमा प्रतिवन्ध गरेको नियमलाई उल्लङघन गर्दछ भने प्रशासनले उनीहरु उपर कडा कार्वराही गर्न पछि पर्दैन । ”

नेपालीहरुको दोस्रो महान पर्व तिहारमा हुनसक्ने पटका लगायत विष्फोटक पदार्थको प्रयोगलाई निरुसात्हीत गर्न पोखरा सहित कास्कीलाई पटका निषेधित क्षेत्र घोषणा गरीएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले बताए । महिला समन्वय समिति पोखरा, जिल्ला प्रशासन कार्यालय कास्की, नागरिक समाज पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की, टोल विकास संस्था नगर समन्वय समिति पोखरा, वडा प्रहरी कार्यालय रामबजार, बगर र बैदामको सक्रियतामा पटक निषेधित क्षेत्र घोषणा गरीएको हो ।

कास्कीमा अबत्र पटका ओसार पोसार र विक्रि वितरण गर्न कानुनले रोक लगाएको छ । कसैले अवैध रुपमा ओसार पोसार, विक्रि वितरण गरेमा प्रचलित कानुन वमोजिम जिल्ला प्रशासन कार्यालयले कारवाही गर्नेछ । तिहारको समयमा पटक लगायतको विष्फोटक पदार्थको ओसार पोसार विक्रि वितरणलाई न्यूनिकरण गर्न सुरक्षा जाँचलाई प्रहरीले कडाइ गर्ने भएको कास्कीका प्रहरी प्रमुख एस.पी. हरी बहादुर पालले बताए । उनले भने “पटका निषेधित क्षेत्र घोषणासंगै पोखरा सहित कास्की क्षेत्रमा कसैले पटकाको कारोवार गरेको खण्डमा हामीले सार्वजनीक मुद्धा समेत चलाउन पछि पर्दैनौं ।”पोखरा छिर्नेे विभिन्न नाकाहरुमा तालीम प्राप्त कुकुर सहितको टोलि खटाइएको प्रहरीले जनाएको छ । कसैले पटक विक्रि वितरण गरेको पाइएमा खबर गर्न प्रहरीले सबैलाई आग्रह समेत गरेको छ । सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णु बहादुर भट्टराईले यस्तो अभियानमा सरिक हुन सवैलाई आग्रह गर्दै पटका पट्काउनु नेपाली परम्परा समेत नभएको जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button