पोखरामा पनि छठ पर्वको रौनक सुरु

दिननाथ बराल

पोखरा, ३० कार्तिक-

यस बर्षको छठ पर्व मनाउन पोखरामा पनि रौनक सुरु भएको छ । केहि बर्ष देखि पोखरामा व्यबस्थीत रुपमा यो पर्व मनाउन थाले पछि यस बर्षको छठ पर्व मनाउन पोखरामा पनि रौनक सुरु भएको हो ।

विगतका बर्ष देखि छठ पुजा पोखराका विभन्नि स्थानमा मनाउदै आएको भए पनि यस बर्ष देखि त्रिवेणी घाट (कालिखोला) मा पनि धुमधामका साथ यो पर्व मनाउने तयारी भएको त्रिवेणी घाट छठ पुजा समितिका अध्यक्ष देवनारायण सुतीहारले बताए । उनका अनुसार पोखराका मुख्य तीन वटा स्थान कालीखोला, केदारेश्वर मन्दिर परिसर र नारायणथान मन्दीर परिसरमा छठ पर्व हर्स उल्लाहसका साथ मनाउने तयारी भएको हो। पोखराको नारायणथान मन्दीर नजिकको नहरमा विगत ३ दशक लामो समयदेखि छठ पर्व मनाउदै आए पनि यस बर्ष सो क्षेत्रमा भौतिक संरचना निमार्ण भएकोले आफुहरुले दिगो रुपमा संचालन हुने गरी सेतीनदी किनार कालीखोला क्षेत्रमा छठ पर्व मनाउने भएको अध्यक्ष सुतीहारले बताए । छठको पुजा गर्न पुजा स्थालका घाटहरुमा केराको खाम सहितको सजिसजावट को काम समेत सुर भएको उनले जनाए ।

पोखरामा पछिल्ला बर्ष देखि मधेषि, तराई तथा केहि पहाडी मुलका मानिसहरुले समेत छठ पर्व मनाउन थालेका छन । छठको पहिलो दिनमा उनीहरुले आ–आफ्नो घर घरमा सरसफाई गरी नुहाएर चोखो मिठो खाएर छठ पर्व मनाउने गर्दछन । पोखरामा व्यवस्थीत रुपमा छठ पुजा गर्न थाले पछि पहाडी मुलका मानिसहरुले समेत छठ पुजा गर्न थालेको अध्यक्ष सुतीहारले बताए । उनीहरुले केराको खम्मा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफुलका वोटहरु सजावट गर्ने तयारीमा रहेका छन । सुर्यलाई भगवानको प्रतिको रुपमा पुजा गर्ने भक्तहरुले आफ्नो
मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ उनीहरु पुजा आज गर्न जुट्ने गर्दछन ।

मधेषि तथा तराई मुलका मानिसहरुको महान चार्ड छठ पर्व पोखरामा मनाउन थाले पछि पछिल्लो क्रममा करीब ७५ प्रतिशत छठीमायीका भक्तहरुले पोखरामै पुजा आज गर्न थालेको सुहारले जनाए । यस बर्ष नेपाल माथि भारतले नाकावन्दी गरेर अत्यावसेक बस्तुमा रोक लगाएको कारणले गर्दा अधिकाशंले पोखरामै छठ पर्व मनाउने भएको उनले जनाए । फेवातालको किनार केदारेश्वर महादेवमणि मन्दिर
परिसरमा पछिल्ला बर्षदेखि व्यबस्थीत रुपमा छठ पर्व हर्स उल्लाहासका साथ मनाउन थाले पछि पोखरा क्षेत्रमा रहेका सुर्यका भक्तहरु करीब ७५ प्रतिशत पोखरामै मनाउन थालेका बताईन्छ ।

छठका भत्तालुहरुले छठ पर्वको पहिलो दिन चतुर्थीमा नुहाई धुवाई घर आगँन सरसफाई गरी चोखो खाने प्रचलन रहेको छ । छठ पर्वको दोश्रो दिन पञ्चमीमा दिनभरी निराहव्रत(उपवास) बसी साँझ छठ मायीको पुजा गरी सुर्यलाई निम्तो दिईन्छ । छष्ठीमा अस्ताउदो सुर्यलाई अर्घ दिने गरीन्छ भने विभिन्न फलफुल, कन्दमुल, ठेकुवा, कसार लगायतका सामाग्रिको साथमा सुर्यका भक्तहरुले पुजा गर्ने गर्दछन । सप्तमीमा भने उदाउदो सुर्यलाई अर्घ दिने प्रचलन रहेको छ । छष्ठीमा नेपाल सरकारले सार्वजनिक विदा समेत दिने गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button