चौथो राष्ट्रिय कर दिवस पोखरामा पनि मनाईदै

पोखरा, १ मंसिर

पोखरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी चौथो राष्ट्रिय कर दिवससप्ताहव्यापी रुपमा मनाईदै छ । आन्तरिक राजस्व कार्यालयपोखराको आयोजनामाएक साता भरी विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस पोखरामा पनि मनाउनलागेको आन्तरिक राजश्व कार्यालय पोखराका निमिक्त प्रमुख कर अधिकृत सुर्यसुर्खालीले बताए ।vat2

मंसिर एक गते मंगलबार पोखरामा प्रभात फेरी कार्यक्रमको आयोजना भयो भनेमंसिर दुई गते अन्तरक्रिया कार्यक्रम, मंसिर ३, ४ र ५ गतेकरशिक्षा सम्बन्धिसूचना सम्प्रेसण, कर सम्बन्धि सचेतना मुलक कार्यक्रमहरु विभिन्न संचार माध्यममा सूचना प्रकाशन तथा प्रसारण गर्ने भएको छ । त्यसै गरी मंसिर ७ गते करदिवसको समापन हुने भएको छ उक्त अवसरमा कर्मचारी सम्मानको साथमा उत्कृष्टकरदातालाई समेत सम्मान गरीने भएको निमिक्त प्रमुख कर अधिकृत सुर्खालीलेबताए ।

उनका अनुसार यस बर्ष बढी कर दाखिला गर्ने समग्रमा ३ वटा संस्थाहरुलाई उत्कृष्टकरदाताको रुपमा सम्मान गरीने भएको छ । सम्मानित हुनेहरुमा पोखरा ग्राण्डप्रा.लि., पोखरा रोयल सहकारी संस्था लिमिटेड, चरक मेमोरियल हस्पिटलप्रा.लि. रहेका छन । त्यसै गरी अन्य जिल्लाका उत्कृष्ट करदातालाई समेत सम्मानगरीने भएकोे छ । तनहूँबाट बाराही आवासिय माध्यमिक विधालय, स्याङजाबाट न्यू सिद्धार्थ आयल स्टोर्स, पर्वतबाट सुर्याेदय कन्स्ट्रक्सन कम्पनी, लमजुङबाट मेघा सप्लायर्स, बागलुङबाट सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड,मुस्ताङबाट निलगिरी डिष्टिलरी उद्योग, म्याग्दीबाट मुक्तिनाथ ईन्टरप्राईजेज प्रा.लि. र सत्य साई हार्डवेयर एण्ड सप्लायर्स रहेका छन । सम्मानित हुनेहरुलाईसमापनको अवसरमा सम्मान गरीने भएको छ ।

निजी क्षेत्रसंग सहकार्य गर्दै आफूहरु अघि बढ्ने बताएका सुर्खालीले भने,“हामीले पारदर्शी कर प्रणाली लागू गरेका छौं, करदातासँग सहकार्य गरेर अघिबढ्छौं ।” यसैबीच आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक वर्षकोतीन महिनामा महिनामा लक्ष्य भन्दा २६ प्रतिशत बढी कर संकलन गर्न सफल भएको छ। निमिक्त प्रमुख कर अधिकृत सुर्खालीका अनुसार, ९१ करोड ७६ लाख लक्ष्यभएकोे छ । गत आर्थिक बर्ष २०७१/०७२ मा ३ अर्व ८२ करोड २३ लाख लक्ष्य रहेकोमा ४ अर्व ११ करोड ११ लाख राजश्व संकलन गर्न सफल भएको छ । गत वर्ष लक्ष्य भन्दा ७ प्रतिशतले बढी राजश्व संकलन भएको हो । गत बर्ष ११ हजार भन्दाबढी नयाँ करदाता थपिएको कार्यलयले जनाएको छ । हाल सम्म ७७ हजार व्यावसायीककरदाता रहेका छन । ३० हजार व्यक्तिगत कर दाता रहेका छन ।

यसै बिच आज मंगलबार पोखरामा कर दिवसको अवसरमा पोखरामा प्रभातफेरीकार्यक्रमको आयोजान भएको छ । कर तिरौं, जिम्मेवार नागरीकको परिचयदिऔं, कर तिरौं, शान्ति र गौरवको अनुभूति गरौ, राष्ट्र निमार्णको मुलआधार, न्युनदर तथा फराकिलो कर आधार लेखिएका प्ले कार्ड समेत ¥यालीमाप्रर्दशन गरीएको थियो । ¥यालीमा सरकारी कर्मचारी, पोखरा उद्योग बाणिज्यसंघका पदाधिकारी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो । पोखरास भागृहचोकबाट सुरु भएको प्रभातफेरी सभागृहचोक, सृजनाचोक, रत्नचोक हुदैआन्तरिक राजस्व कार्यालय पोखरामा पुगेर समापन भएको थियो । कास्कीका प्रमुखजिल्ला अधिकारी कृष्ण बहादुर राउतले उत्कृष्ट करदाताको नाम सार्वजनीक गर्दैदेशको विसम परिस्थीतीमा पनि राम्रो कर संकलन भएको बताए । नागरीकहरुलेतिरेको करले देश बनाउने भएकोले कर तिर्न उनले आग्रह गरे । कुलग्राहस्थउत्पादनको १६÷१७ प्रतिशत रहेकोमा यसलाई बढाएर २० प्रतिशत भन्दा माथिपुराउनु पर्ने उनको भनाई थियो ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले भारतले नेपाल माथी
नाकावन्दी गरेकोले निजि क्षेत्र सहित देशको हरेक क्षेत्रमा प्रभाव परेको
गुनासो गरे । अत्यावसेक पेट्रोलिय पदार्थ तथा खाना पकाउने एल.पी ग्याँस
समानुपातिक ढंगले वितरण हुन नसकेको उनले दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button