सहारा एकेडेमीका वालकहरुलाई पोशाक वितरण

पोखरा १, मंसिर-

सहारा एकेडेमीमा रहेका वालकहरुलाई पोशाक वितरण गरीएको छ । सहाराहङकङ्गका सचिब खम बहादुर गुरुङ्गले एकेडेमीमा आश्रित २६ जना बालकहरुलाई जिन्सीपाईन्ट, सर्ट, टिसर्ट एक समारोहका विच मंगलवार वितरण गरेका हुन ।

उक्त अवसरमा सहारा क्लब पोखराका मानार्थ सदस्य एवं सहारा यु.के.का प्रमुखसल्लाहकार महेश गुरुङ् र सहारा हङकङ्गका सचिब खम बहादुर गुरुङ्लाई फुलमालाले एकेडेमीमा स्वागत गरीएको थियो । क्लवका अध्यक्ष वीरभद्र आचार्यले एकेडेमीको बारेमा जानकारी गराउदै उनीहरुलाई एकेडेमीमा स्वागत गरेका हुन ।उनीहरुको पालनपोशण, शिक्षा दिक्षा र निशुल्क फुटबल प्रशिक्षण क्लबले नै एकेडेमी मार्फत गर्दै आएको वरिष्ठ उपाध्यक्ष केशब बहादुर थापाले बताए ।साथै उक्त अवसरमा नेपालीहरुको चाड छठ र ल्होसारको अवसरमा शुभकामना समेत आदन प्रदान गरीएको महासचिब केशबराज बरालले बताए । हङ्गकङ्गका सदस्य विक्की गुरुङ् लगायत उनकी श्रीमती समेतले पाँच हजार पाँच रुपैयाँ नगद सहयोग प्रदानगरेका थिए । सहारा क्लब पोखराधवारा संञ्चालित उक्त एकेडेमीमा हाल १६ जिल्लाका२६ बालकहरु आश्रित रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button