कास्कीमा आज ७४ हजार लिटर डिजेल वितरण हुने

पोखरा, २ मंसिर-

पोखरा सहित कास्कीमा आज डिजेल वितरण हुने भएको छ । कास्की क्षेत्रमा मात्र १४ वटा पम्पबाट ७४ हजार लिटर डिजेल वितरण गर्ने भएको गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका महासचिव राजन गोगंजुले बताए ।

चक्रिए प्रणाली अनुसार लेखनाथमा रहेका पश्चिमाञ्चल ट्रेड्स, शुभ जगदम्बा र विजयपुरको जुपिटर ट्रेड्स रहेका छन । त्यसै गरी पोखरा औधोगिक क्षेत्रको नमिता, पोखरा रंगशाला गेट अगाडी सारदा आयल स्टोर्स, पृथ्बीचोकको हिमालय पेट्रोल पम्प, विरौटाको जगदम्बा, छोरेपाटनको बी.एस. आयल , नयाँबजारको अटो क्लीन, बागलुङबसपार्कमा रहेको सागर आयल, विन्ध्यवासिनीको उत्तम आयल, सिमपानीको पराजुली, हेमजाको थापा आयल स्टोर्स र हेमजाकै जय बुद्ध आयल स्टोर्सबाट डिजेल वितरण हुने भएको गंगजुले जनाए । आज दिउसो डिजेल वितरण हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको बैठकले विभिन्न सवारी साधनहरुलाई दिईने डिजेलको मात्र समेत तोकेको छ । जस अनुसार ठुलो बसलाई,ठुलो ट्रक र ठुलो पर्यटक वसलाई ८ हजारको डिजेल वितरण हुने भएको छ । मिनी वस ट्रकलाई ३ हजार मुल्य बराबरको, हाईस माईक्रोलाई ३ हजार, सानो मारुती भ्यानलाई २ हजार ५ सय, सानो नगरवसलाई २ हजार, बेगनास तथा स्थानीय श्रृगाका वसलाई २ हजार ५ सय, खाद्यान्न ढुवानी सानो सवारी साधनलाई २ हजार, ठुलो ट्याक्टरलाई ३ हजार र सानो ट्याक्टरलाई ५ सय, विभिध सवारी साधनलाई १ हजार, सानो पर्यटक वसलाई ३ हजार ५ सय, स्कुल वसलाई ५ हजार र स्कुल भेनलाई २ हजार ५ सय रुपैयाको डिजेल दिने भएको हो । कालिका फ्यूल स्टेसनबाट अत्यावश्यक सेवाको लागि डिजेल वितरण हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button