पंचासे हर्पनडाँडा समाज वेलायतको ९ लाख सहयोग तामागीवासीलाई

पोखरा, २ मंसीर-
कास्कीको भदौरेतामागीबाट गई हाल वेलायतमा वस्तै आएका नेपालीहरुको साझा संस्था पंचासे हर्पनडाँडा समाज वेलायतले पंचासे हर्पनडाँडा आकस्मिक सेवा समितिलाई अत्यावश्यक सेवाको लागि ९ लाख भन्दा वढि नगद सहयोग गरेको छ।

पंचासे हर्पनडाँडा आकस्मिक सहयोग समितिको आयोजनामा मंगलबार भदौरेतामागी ५ घाँटीछिनामा आयोजित आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा पंचासे हर्पनडाँडा समाज वेलायतका अध्यक्ष डम्बरकाजी गुरुङ्गले नौ लाख १४ हजार आठ सयको चेक समितिका अध्यक्ष हिरालाल गुरुङ्गलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका युके समाजका अध्यक्ष डम्बरकाजी गरुङ्गले भदौरेतामागी गाविसका दमदमे, कुद्वीडाँडा, सिदाने र मकानपुरका वासिन्दाको आकस्मिक उपचारमा सहयोग गर्ने अभिप्रायले आफ्नो समाजले सहयोग गरेको वताए।

सन् २०१२ मा सामाजिक कार्य गर्ने उद्धेश्यले स्थापना गरेको उक्त समाजले यस अघि वैशाख १२ गतेको भुकम्पबाट पिडित सिदाने ९ का लालबहादुर भुजेललाई एक लाख रुपैया सहयोग गरेको थियो भने भदौरे तामागी ५ मा गएको पहिरोमा परि ज्यान गुमाउनेका परिवार, घाईते तथा घरबार विहिनलाई पनि दुई लाख ३० हजार आर्थिक सहयोग गरेको अध्यक्ष डम्बरकाजी गुरुङ्गले वताए।

उनले ग्रामिण भेकमा सर्पले टोकेर, भिरबाट लडेर, सुत्केरी अवस्थामा विरामीको समयमै उपचार गर्न सहयोग पुग्ने हेतुले उक्त रकम प्रयोग गरी सहयोग प्रदान गरेको वताउँदै गाँउमा विद्यालय, वाटो, खानेपानी, पर्यटन प्रवद्र्धनका कार्यहरु निरन्तर गर्दै जाने पनि वताए।

पंचासे हर्पनडाँडा आकस्मीक स्वास्थ्य सेवा समितिका अध्यक्ष हिरालाल गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार क्या.पदमबहादुर गुरुङ्, उपाध्यक्ष डम्बरबहादुर गुरुङ्, गुमानसिं गुरुङ्, क्या. कुशलसिं गुरुङ्, विष्णुप्रसाद गुरुङ्, रविन्द्र गुरुङ्गलगाएतले शुभकामना व्यक्त गर्दै सहयोग गर्ने समाजका सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिएका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button