जन्मदिन, पितृको पुण्यस्मृति तथा अन्य सुखद अवसरमा वृद्धाश्रममा जानेको संख्या वृद्धि

पोखरा ५,मंसीर-

पछिल्लो समयमा जन्मदिन फरक तरिकाले मनाउने क्रम बढिरहेको छ । जन्मदिनका अवसरमा केक काटेर पार्टी गर्ने प्रचलन रहेकामा विस्तारै असहाय वेवारिसेलाई संरक्षण गर्ने संस्था तथा त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्न थालिएको हो । जन्मदिनका अवसरमा वृद्धाश्रममा जानेहरुको क्रम विस्तारै बढेको छ । कतिपयले व्यवस्थापनमा सहयोग पुगोस् भनेर नगर्दै सहयोग गर्दछन् भने कतिले विस्कुट, फलफुल, जुस लगायतका खाद्य सामग्री वितरण गरी जन्मदिन मनाउने गर्दछन् । कतिपयले चामल, दाल, चिनी, चिया, लगायतका खाद्य सामग्रीको साथमा सिजन अनुसारका कपडाहरु पनि प्रदान गर्ने गर्दछन् ।
पोखराको सानिमा बैंकमा कार्यरतले आफ्नो १ बर्षीय छोरीको पहिलो जन्मदिनको अवसरमा पोखरा को वृद्धाश्रमलाई नगद ११ हजार १ सय ११ साथमा विस्कुट तथा जुस वितरण गरी जन्मदिन मनाउनुभयो भने आफ्नो हङकमा रहेका छोराको जन्मदिनका अवसरमा आमा पुर्णकुमारीले नगद ५ हजार ५ सहयोग गर्नुभयो । त्यस्तै सोसाइटी बैंकमा कार्यरत ले आफ्नो जन्मदिनका अवसरमा ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्नुभयो । यसरी आफ्ना खुशीका क्षणहरु असहाय एवं वेवारिसे ज्येष्ठ नागरिकको साथमा मनाउने क्रमलाई तीव्रदा दिनसके वृद्धाश्रम सञ्चालनमा सहयोग पुग्नेमात्र नभई जीवित भगवानको आर्शिवाद मिल्ने पोखरा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीको धारणा रहेको छ । पछिल्लो समयमा जन्मदिन, पितृको पुण्यस्मृति तथा अन्य सुखद अवसरमा वृद्धाश्रममा जानेको संख्या वृद्धि भएपनि नाकावन्दीले गर्दा कठिनाई पुराएको छ । पछिल्लो समयमा तरकारी तथा खाद्य सामग्रीको अभाव हुन थालेको पोखरा वृद्धाश्रमका उपाध्यक्ष टिकाबहादुर भण्डारीले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button