बाल हितकारी परियोजना नेपालमा पहारी

पोखरा, ५ मङ्सिर-

बाल हितकारी परियोजना नेपालको हालै भएको साधारणसभा तथा अधिवेशनले दुई वर्षका लागि पुनः गोविन्दराज पहारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।

संस्थाको उपाध्यक्षमा सानुमाया आचार्य, सचिवमा डिलबहादुर भट्टराई, कोषाध्यक्षमा लोकमणि ढकाल, सदस्यहरूमा रामचन्द्र शर्मा, रश्मिला श्रेष्ठ र राजेन्द्र लिगल छन्।

साधारणसभाले कोषाध्यक्षको रामचन्द्र शर्माको आर्थिक प्रतिवेदन र सचिव रश्मिला श्रेष्ठको प्रगति प्रतिवेदन पारित गरेको छ।

संस्थाका अध्यक्ष गोविन्दराज पहारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रवन्ध निर्देशक माधव आचार्यले गरेका थिए।

संस्थाले आशा क्लिनिक, ज्योति व्यवसायिक तालिम केन्द्र, सडक बालबालिकाका लागि विभिन्न कार्यक्रम, विभिन्न गाविसमा १४ बाल विकास केन्द्र सञ्चालन गरिरहेको छ।

अध्यक्षमा निर्वाचित भएपछि पहारीले बाल अधिकार सुनिश्चित गर्न, स्वास्थ्य र शिक्षामा बालबालिका पहुँचको विषयमा वकालत गर्न, सडक बालबालिकालाई समाजमा पुनस्र्थापना गर्न र अन्य संस्थाहरूसँग समन्वय गरी बालबालिकाको हितमा काम गर्ने बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button