आईतबार गृह र शक्तिको ग्याँस वितरण हुने- डिलरको नाम सहित

पोखरा आर्थिक
पोखरा ५, मंसिर –
पोखरामा आइतबार शक्ति र गृह लक्ष्मीको करीब ८ हजार खाना पकाउने एल.पी. ग्याँस वितरण हुने भएको छ । स्रोतका अनुसार शक्तिको ४ हजार ४ सय १४ र गृह लक्ष्मीको ३ हजार ५ सय वटा आधा ग्याँस सिलिण्डर पोखरा क्षेत्रमा रहेका ग्याँसका डिलरबाट मात्र वितरण हुने भएको हो । यस अघि पोखरा प्रर्दशनी केन्द्रबाट गृह लक्ष्मीको ग्याँस वितरण भए पनि यस पटक भने सो क्षेत्रबाट ग्याँस वितरण नहुने भएको एल.पी. ग्याँस विक्रेता संघ कास्कीका अध्यक्ष नारायण पौडेलले बताए । उनका अनुसार पोखरा क्षेत्रमा ग्याँस डिलर र प्रशासनको समन्वयमा उक्त ग्याँस वितरण हुन लागेको हो । एक घर एक व्यक्तिलाई दिने रणनितिमा ग्याँस वितरण गर्ने तयारी भएको पौडेलले बताए ।

pokhara gas distribution

स्रोतका अनुसार आइतबार बिहान ८ बजे देखि उत्त डिलर हरुबाट स्थानीय सरोकारवाला हरुको समन्यमा ग्यास वितरण हुनेछ जसमा एक व्यक्ति/एक परिवारलाइ एक वटा ग्यास मात्र प्रदान गरिनेछ । कसैले ग्यास पाउने बहानामा एक भन्दा बढी सिलिन्डर लाइनमा राखेको भए त्यस्ता सिलिन्डर हटाइनेछ ।

कतै तपाइले पनि एक भन्दा बढी सिलिन्डर लाइनमा राख्नुभएको त छैन ?

भारतले नेपाल माथि दुई महिना देखि गरेको नाकावन्दीको कारण बजारमा खाना पकाउने ग्याँस चरम अभाव भएको छ । मानिसहरु ग्यासको अभाबमा कोहि दाउरामा कोहि भुसेचुल्होमा पकाएर खानुपर्ने बाध्यता छ त कोहि कहिले कता कहिले कता गर्दै एकछाक खाएर समेत  बसेको बताउदछन् । अहिले अधिकांशको घरमा ग्यास चुल्हो बलेको छैन। तपाइहाम्रो घरमा चुल्हो बलेको छैन भने अवश्य पनि हाम्रो छिमेकी को घरमा पनि चुलो बलेको छैन । यो अवस्थामा एकले अर्काको समबेदनालाई बुझेर एक अर्काको पीरमर्का साथ दिन अत्यन्त आवश्यक छ । तपाइ हामीले पनि जालसाझी, चलाखी अथवा सोर्स फोर्स को आधारमा एक भन्दा बढी सिलिन्डर लिएर राखन थाल्यौ भने के होला तिनको हालत जो ग्यास पाउने आसको भरमा रातदिन बाटोमा सुतेका छन् ? सरकाले आधा सिलिन्डर ग्यास वितरण गर्ने निति पनि यसकारणले लिएको हो कि यसरी ग्यास बाड्दा एक फुल सिलिन्डरले २ परिवारको  केहि दिन गुजारा चल्छ । त्यसैले कसैले पनि एक वटा भन्दा वढी सिलिन्डर लैजाने प्रयेत्न नगरिदिनुहोला, तपाइको यस्तो भावना ले अर्को एक नेपाली दाजुभाई दिदीबहिनीको केहि दिन छाक टर्छ ।

अहिलेको अवस्थानै जटिल छ तपाईहामीले गर्न सक्ने भनेको नै एकअर्काको पिरमर्कामा साथदिनु नै हो । ज जसले ग्यास पाउनुहुनेछ पाउनेहरु त्यसमै सन्तुस्ट भइ अर्को पटक नपाउने लाई पालो दिनुपर्ने अवस्था छ भने नपाउने हरुले पनि अर्को पटक पाइन्छ भनेर संयम हुनु अत्यन्त आवश्यक छ ।

सम्बन्धित डिपो का अधिकारीहरुले हामीसंगको कुराकानीमा पनि आफुहरुले ग्यास ल्याउन को लागि हर प्रयास गरिरहेको र ग्यास आउनासाथ आफुहरु आफ्ना उपभोक्ता समक्ष पुराउन आतुर रहेको बताउछन् । अहिले आएको ग्यास प्रशासनको निगरानी तथा निर्णय बाट वितरण भइरहेको जनाउदै उनीहरुले ग्यास वितरण निष्पक्ष हुनुपर्ने र अहिले कसरि हुन्छ एक परिवारले एउटा मात्र सिलिन्डर लिने व्यबस्था गर्नुपर्नेमा जोड दिए । तोकिएको स्थानमा तोकिएको भन्दा एक सिलिन्डर पनि बढी उपलब्ध नभएकोले उपभोक्ताले पनि बढी पाइन्छ  होला भन्ने बिल्कुल नसोच्न समेत उनीहरुले आग्रह गरेका छन् । आधा सिलिण्डर ग्याँस भर्न समस्या हुने भएता पनि आफुहरु उपभोक्ताहरुकै हितको लागि बिना हिच्किचाहट उपलब्ध भएको ग्यासले २ गुणा परिवारको चुलो केहिसमय भएपनि बलोस भन्ने मान्यताले अगाडी बढेको बताए । थप वुलेट ल्याउन साथ प्रशासनसंग समन्वय गरी उपभोक्ताहरुलाई ग्याँस वितरण गर्ने समेत उनिहरुले जनाए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button