गृह र शक्तिको ग्याँस वितरण हुदै, गगनगैडामा स्थानीय द्धारा नारा वाज

पोखरा ६, मंसिर-

पोखरामा आज शक्ति र गृह लक्ष्मीको करीब ८ हजार खाना पकाउने एल.पी. ग्याँस वितरण हुदै छ । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार शक्तिको ४ हजार ४ सय १४ वटा र गृहलक्ष्मीको ३ हजार ५ सय वटा आधा ग्याँस सिलिण्डर पोखरा क्षेत्रमा रहेका ग्याँसका २१ वटा डिलरबाट मात्र वितरण हुदै छ ।

लेखनाथको गगनगौडामा स्थानीयले आफुहरुलाई पहिला ग्याँस वितरण नगरी अनेत्र लैजान लागेको भन्दै नारा वाजी गरेका छन । प्रशासनले विहान ८ बजे पछि पोखरा क्षेत्रमा ग्याँस वितरण गर्ने भने पनि लेखनाथका स्थानीयको अबरोधका कारण ग्याँस वितरणमा केहि ढिलाई हुने भएको प्रशासनले जनाएको छ ।

पोखरामा रामबजारको कोने गुरुङ स्टोर्सबाट गृहलक्ष्मीको ३८२, ओम आर ग्यास स्टोर्सबाट शक्तिको ८१२, रानीपौवाको अनुप स्टोर्सबाट गृहलक्ष्मीको ३१६, किर्ती इन्टरप्राइजेज बाट शक्तिको ५००, सिर्जनाचोकको अनिस ग्यास सप्लायर्सबाट गृहलक्ष्मीको ४४५, विश्व सप्लायर्सबाट शक्तिको ५००, विरौटाको भूपू सैनिकबाट गृहलक्ष्मीको ३५२, सोनिया सप्लायर्सबाट शक्तिको ३२१, लेकसाईडको डि.एन.आर टे«डर्सबाट गृहलक्ष्मीको ६०२, भण्डारी टे«डर्सबाट शक्तिको ४५०, प्रस्याङ्गको आकृति अविरलबाट गृहलक्ष्मीको ४६४, के.टी.हाउसबाट शक्तिको ३२१, बगरको किरण तिवारी स्टोर्सबाट गृहलक्ष्मीको ४५१, भक्त गौरी स्टोर्सबाट शक्तिको ६९९, लामाचौरको बानिया स्टोर्सबाट गृहलक्ष्मीको १५०, भण्डारी खाद्य स्टोर्सबाट शक्तिको २३३, पृथ्वीचोकको सुरेन्द्र टे«डर्सबाट गृहलक्ष्मीको २०७, रत्नचोकको भक्त गौरी स्टोर्सबाट गृहलक्ष्मीको १३१, अर्जुन विश्वास किराना स्टोर्सबाट शक्तिको ३७८ र हेमजाको कृष्णलक्ष्मी स्टोर्सबाट शक्तिको २०० सिलिण्डर वितरण हुने प्रशासनले जनाएको छ ।

यसअघि पोखरा प्रर्दशनी केन्द्रबाट गृह लक्ष्मीको ग्याँस वितरण भए पनि यस पटक भने सो क्षेत्रबाट ग्याँस वितरण नहुने भएको एल.पी. ग्याँस विक्रेता संघ कास्कीका अध्यक्ष नारायण पौडेलले बताए । उनका अनुसार पोखरा क्षेत्रमा ग्याँस डिलर र प्रशासनको समन्वयमा उक्त ग्याँस वितरण हुन लागेको हो । एक घर एक व्यक्तिलाई दिने रणनितिमा ग्याँस वितरण गर्ने तयारी भएको पौडेलले बताए । प्रशासनले एक घर एक परिवार भने पनि व्यवाहर त त्यो लागु गर्न प्रशासनले सकेन । एक होटल तथा रेष्टुरेण्ट तथा घर परिवारले दुई भन्दा बढी सिलिण्डर भित्राउने तयारीमा धेरै जनाको सङख्यामा लाईनमा बसेका छन ।

भारतले नेपाल माथि दुई महिना देखि गरेको नाकावन्दीको कारण बजारमा खाना पकाउने ग्याँस चरम अभाव भएको छ । प्रशासनले ग्याँस वितरण गर्ने सूचना समयमै दिन नसक्दा केहि उपभोक्तहरुले मागमा परेका छन भने केहि उपभोक्तहरुले शनिबार वेलुकै थाहा पाए पछि रात भरी लाईनमा बसेका छन । ग्याँसका डिपोहरुमा उपभोक्ताको लाईन रहेको छ । प्राप्त भएको ग्याँस प्रशासनको कमजोरीका कारणले गर्दा ढिलो वितरण भएको पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले बताए । केहि दिन देखि पोखरेलीहरु ग्याँस पाउने आसामा लाईनमा बस्दै आएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button