वैकल्पिक उर्जा सम्वन्धि अभिमुखीकरण सम्पन्न

पोखरा, ७ मङ्सिर-

सामाजिक जागरणका लागि नारी अभियानको आयोजनामा वैकल्पिक उर्जा सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।आत्मनिर्भरताको वाटो खोजौ प्राकृतिक इन्धनको उपयोग गरौ भन्ने उद्घोषका साथ सम्पन्न कार्यक्रममा जिल्ला विकास समिति वातावरण उर्जा तथा जलवायु परिवर्तन युनिटका अधिकृत कौशलचन्द्र जिसीले वैकल्पीक उर्जा सम्वन्धी , जैविक उर्जा सहयोग कार्यक्रम पर्वतका जिल्ला संयोजक नरवहादुर पुलामीले सुधारीएको चुलो सम्वन्धमा र नेपाल वायोग्यास प्रवद्धन संघका उपाध्यक्ष लेखनाथ तीवारीले सहजीकरण गरेका थिए ।
कार्यक्रमका सहभागीहरुले तालीम उपयोगि रहेको वताउदै वैकल्पीक उर्जा प्रवद्धनमा लागी पर्ने प्रतिवद्धता समेत जारी गरे । साथै आत्मनीर्वरताको लागी वैकल्पीक उर्जाको उपयोग गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले समय उपयोगी कार्यक्रम आयोजना गरेकोमा प्रशंसा व्यक्त गरे । उनले वैकल्पीक उर्जा तत्काल मात्र नभई दिर्गकालीन रुपमा समेत लाभदायी भएको वताए । उनले ग्यास तथा इन्धन अभावमा समेत प्रशासनीक क्षेत्रलाई स्थानीय जनताको सहयोग भएको वताए । साथै आधीकारीक सुचना विना लाइनमा वसेर दुख नपाउन समेत सवैलाई अनुरोध गरे ।

स्थानिय विकास अधिकारी रामचन्द्र तिवारी र पोखरा उपमहानगरपालीकाका निमिक्त प्रमुख ओमराज पौडेलले समाज विकासमा महिलाको भुमिका महत्वपुर्ण हुने भन्दै आफ्नो कार्यलय अभियानसँग सहकार्य गर्न तत्पर रहेको वताए ।
पर्यटन व्यवसायी सुन्दर कुमार श्रेष्ठ र वैदाम प्रहरी कार्यलयका प्रमुख विरेन्द्र गोदारले समस्याका वेला समाधानको उपाय खोज्नुपनर्छ भन्ने यस कार्यक्रमले सन्देश दिएको वताए ।

समाजिक जागरणका लागि नारी अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले इन्धन अभावका कारण सवैभन्दा वढी समस्या महीलालाई भएको कारण वैकल्पीक उर्जा सम्वन्धी महिलालाई लक्षीत गरेर कार्यक्रम आयोजना गरिएको वताइन् । उनले संस्थाको भावी योजनाका वारेमा समेत वनाएकी थिइन् ।
पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य कार्यक्रम संयोजक शुभा श्रेष्ठले व्यक्त गरेकि थिइन भने कार्यक्रमको संचालन अर्थ संयोजक सरस्वती अधिकारी सरुले गरेकी थिइन् ।

कार्यक्रममा विभिन्न क्षेत्रका सक्रिय एक सय ५० जना महिलाको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा सहभागी सवैले संस्थाले योजना वनाएको नेपाल र भारतविचको तिक्तता हटाउद सद्भाव दुवै देशलाई खवरदारी गर्ने खालको शान्ती रयाली चाडैनै आयोजना गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button