हिमाल, पहाड र तराईलाई अलग गराएर संघीयता निर्माण हुनै सक्दैनः केसी

पोखरा, ७ मंसीर-

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा उप–प्रधान मन्त्री चित्रबहादुर केसीले हिमाल, पहाड र तराईलाई अलग गराएर संघीयता निर्माण हुनै नसक्ने बताएका छन । राष्ट्रिय जनमोर्चाले सोमबार पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल जस्तो मुलुकलाई हिमाल, पहाड र तराईलाई अलग गराएर संघीयता निर्माण हुन नसक्ने दाबी गरेका हुन ।

विगतदेखि नै भारतले नेपालाई हेप्दै आएको र भारत हेपा प्रबृत्तिलाई सहनु हाम्रो गल्ती भएको उनको भनाई थियो । उनले भने “ भारतले हामीलाई ब्रोइलर खुकुरा बनाउन खोजेको छ, दाना दिए खाएर बस्ने, नत्र झोक्राएर बस्ने बनाउँदै छ, नाकाबन्दीको सबै नेपालीले डटेर सामाना गर्नु पर्दछ ।” भारतकै उक्साहटमा पहाडबाट तराईलाई अलग्याउन मधेशमा आन्दोलन भई रहेको उनको दाबी छ । हाम्रै कमजोरीको फाइदा उठाएर भारतले बेला-बेलामा धोका दिने गरेको उनले बताए ।

भुपरिवेष्ठिक देशले पाउने पारवहन अधिकारको कुरा उठाउँदा भारतले गाली गरेको सम्झन नहुने उनले बताए । अन्तर्राष्ट्रिय कानुन विपरित भारतले नाकााबन्दी लगाएको बताएका केसीले नाकाबन्दी खुलाउने बारेमा सरकारले कुटनीतिक पहल गरिराखेको जनाए ।

सहकारी तथा गरिवी निवारण मन्त्री समेत रहेका केसीले सबैले छाडेको र आकर्षण नभएको मन्त्रालयको जिम्मेवारी आफुले लिएको बताए । उनले भने “मैले चढ्ने गाडी पनि भूईचालो आए जस्तो आवाज आउथो अहिले बनाएर चढ्ने गरेको छु , मन्त्रालयमा कर्मचारीको पनि आर्कषण छैन । ” २० वर्ष अघिका सहकारीका ऐन नियम परिर्वतन गर्नुपर्ने उनको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button