अस्ट्रेलियन अलमुनाईले ज्येष्ठ नागरिकलाई सहयोग गर्ने

पोखरा, मंसिर ९-

नेपाल –अस्ट्रेलिया अल्मुनाई संघले कास्की जिल्लाका ज्येष्ठ नागरिकका हक, हित र स्वास्थ्य क्षेत्रमा सघाउने भएको छ । पोखरामा आयोजित ज्येष्ठ नागरिक सम्बन्धी अन्तरक्रियामा उक्त कुरा जानकारी गराइएको हो । जिल्ला विकास समिति कास्कीको सभाकक्षमा सम्पन्न अन्तरक्रियामा ‘ज्येष्ठ नागरिकको अवस्था, नीति तथा सुझाव’ विषयक अवधारणा पत्र प्रस्तुत गर्दै नेपाल सरकारका पूर्व सचिव डा. रामहरि अर्यालले संयुक्त परिवार विघटन हुँदै गएको र एकल परिवारको विकासले गर्दा ज्येष्ठ नागरिकहरूले दुःख पाउँदै गएको बताए ।

संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, ऐन, कानुनले व्यवस्था गरे पनि व्यवहारमा लागु नगरिएको हुँदा ज्येष्ठ नागरिकहरूको हालत नसुध्रिएको धारणा कार्यक्रमका मुख्य अतिथि तथा क्षेत्रीय प्रशासक केदार बहादुर अधिकारीले व्यक्त गरे । उनले नेपाल सरकारले गंगालाल हृदय रोग केन्द्रमा ज्येष्ठ नागरिकहरूलाई निशुल्क र सरकारद्वारा संचालित क्षेत्रीय अस्पतालहरुमा पचास प्रतिशत शुल्क छुट गरि उपचारको व्यवस्था गरिएको हुंदा उक्त सेवा प्राप्त गर्ने सचेतना कार्यक्रम संस्थाहरुले थाल्नु पर्ने बताएका थिए ।

नेपाल अष्ट्रेलिया अल्मुनाई संघका अध्यक्ष प्रा.डा.दामोदर प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. तारानाथ पाण्डे,, नेपाल सरकारका पूर्व सहसचिव रिषीराम त्रिपाठी, बरिष्ठ पत्रकार कुसुम केशव पराजुली, अल्मुनाईका महासचिव प्रवल थापा र जिल्ला विकास समिति कास्कीका स्थानीय विकास अधिकारी रामचन्द्र तिवारी लगायतले ज्येष्ठ नागरिक सम्बन्धी आ आफ्ना धारणा व्यक्त गरे । सो कार्यक्रममा कास्की जिल्लाका १५ वटा सरकारी एवम् गैर सरकारी निकायका ६० जना प्रतिनिधिको सहभागिता थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button