रक्तदान कार्यक्रमको तयारी तिव्र

पोखरा, ११ मंसिर-

रेडियो अन्नपूर्णले भोलि मंसीर १२ गते शनिबार विहान ७ बजे गर्ने आकस्मिक रक्तदान कार्यक्रमको तयारी पुरा भएको छ । भारतको अघोषित नाकाबन्दीका कारण पोखरा क्षेत्र सहित तराई मधेशमा समेत रगतको अभाव भएपछि रेडियोले रक्तदान गर्न लागेको हो ।

औषधी सेवन नगरेका, रक्तदान गरेको तीन महिना अवधी पुगेका, १७ वर्ष उमेर पुरा भएका, ४५ केजी तौल भन्दा माथिका र महिलाको हकमा मासिकश्राव नभएका सबैले रक्तदान गर्न मिल्ने चिकित्सकले बताएका छन् । कार्यक्रममा रक्तदान गर्नका लागि अहिलेसम्म ४५ जनाले नाम लेखाउनुभएाके छ ।

शनिबार विहान ७ बजेदेखी ११ बजेसम्म रक्तदान कार्यक्रम हुने रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । इन्धन अभावले जनजीवन प्रभावित भएपछि विभिन्न संघ संस्थाले रक्तदान कार्यक्रम गर्न नसक्दा रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी कास्कीले जनाएको छ ।

यसैबिच, शनिबार रेडियोमा रक्तदान दिने केहि संस्थाका व्यक्तिहरुको नामावली समेत प्राप्त भएको छ । ग्रेटरपोखरा डटकमबाट गणेश बराल, सुजन शिर्पाली रहेका छन । त्यसै गरी कन्चनजंगा बोर्डिङ स्कुलका प्रिन्सिपल मोहन पौडेल, स्पाईरल ग्यालेक्सी उच्च माविका व्याबस्थापकीय संयोजक अर्जुन ढकाल, बिद्यालयका डिन बृहस्पती लम्साल र शिक्षक रोहित झा रहेका छन । पिज्जा हाउसका संचालक विजय गुरुङ लगायतका रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button