पोखरामा पनि औषधिको अभाव हुन थाल्यो

पोखरा १२, मंसिर-
पोखरामा पनि मानव स्वास्थ्यको लागि सेवन गरीने औषधिको अभाव हुन थालेको छ । नेपाल माथि भारतले विगत दुई महिना भन्दा लामो समय देखि अघोषित नाका वन्दी गरेका कारणले औषधिहरु सहज रुपमा आपुर्ति हुन नसक्दा पोखरा क्षेत्रमा पनि औषधि अभाव हुन थालेको औषधि व्यावसायी संघ गण्डकी अञ्चल शाखाले जनाएको छ ।

शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै उनले भने “पोखरामा केहि औषधिहरु अभाव हुन थालेको छ, सघन कक्षमा उपचार गराउन प्रयोग हुने सुईबाट दिईने औषधिहरु अभाव हुन थालेको छ ।” सरकारी अस्पतालमा आईसियु, एनआईसियू, सीसीयू, ओटीमा प्रयोग हुने औषधि कम मात्रामा रहेको छ भने निजि अस्तपालमा भने केहि सातालाई पुग्ने मात्र औषधि रहेको गण्डकी अञ्चल शाखाका अध्यक्ष यामनाथ पौडेलले बताए । देश भरी अधिकाशं ठाँउमा औषधि अभाव भए पनि पोखरा क्षेत्रमा भने अन्य औषधि करीब एक महिनालाई पुग्ने स्टक रहेको उनले जनाए ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीकृष्ण श्रेष्ठले नेपाल माथि भारतले गरेको नाका वन्दीको कारणले गर्दा अस्पतालको सेवा विस्तारै प्रभावित हुदै आएको बताए । उनले भने “कार्वोनडाईअक्साईड ग्याँस अभाव भएकोले केहि दिन अघि देखि अस्पतालमा दुर्रविनबाट हेरी गरीने अप्रेसन रोकिएको छ ।” यही अबस्थामा दुई सातालाई पुग्ने औषधि आफुहरुसंग स्टक रहेकोले दुई साता पछि पुनः औधषि सहज नभए धेरै सेवा प्रभावित हुने भएको उनले बताए । पश्चिामञ्चल क्षेत्रिय अस्पतालमा कास्की सहित तनहुँ, पर्वत, म्याग्दी, स्याङजा, बागलुङ, लमजुङ क्षेत्रबाट समेत आउने गरेको सेवाग्राहिहरु पछिल्लो एक महिना देखि कम सङख्यामा आउने गरेको डा. श्रेष्ठले बताए । ईन्धन अभावले गर्दा सेवाग्राहिरु ईमर्जेन्सी बाहेक ओपीडीमा आउने विरामीको सङख्या समेत ह्वातै घट्न गएको उनले जनाए ।

पोखराको नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेज (जि.एम.सी.) टिचिङ हस्पिटलमा पछिल्लो क्रममा सेवाग्राहिहरु ५० प्रतिशतले कम आउन थालेको हस्पिटलले जनाएको छ । यही अबस्थामा आफुहरुले मुस्कीलले एक हप्तासम्म जेन तेन सेवा दिए पनि त्यस पछि ईमर्जेन्सी बाहेक अन्य सेवा दिन नसक्ने अबस्थामा पुग्न लागेको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार खनालले बताए । अस्पतालमा सघन कक्षमा आवश्यक पर्ने औषधिहरु सकिन लागेकोले जिल्ला प्रशासन कार्यालय कास्की, क्षेत्रिय प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालयमा समेत पत्र लेखेर सहज रुपमा औषधि उपलब्ध गराउन माग गरेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button