पोखरामा जिल्ला सेक्रेटरी सहित २३ जना माओबादी नेता तथा कार्यकर्ता पक्राउ

पोखरा, १३ मंसिर- 
नेकपा माओबादी कास्कीका सेक्रेटरी सहित २३ जना नेता तथा कार्यकर्तालाई कास्की प्रहरीले विहानै पोखरा तथा लेखनाथबाट पक्राउ गरेकोे छ । नेत्र विक्रम चन्द विप्लप नेतृत्वको पार्टी नेकपा माओबादीले आज (आईतबार) नेपालबन्दको आयोजना गरेकोले बन्द गराउदै हिडेका बन्द कर्तालाई प्रहरीले विहानै पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी हरी बहादुर पालले बताए ।

जिल्ला सेक्रेटरी पुर्णजित पुन सहितका नेता तथा कार्यकर्ताहरुलाई लेखनाथ, पोखराको पृथ्वीचोक र मेहन्द्रपुलबाट पक्राउ गरीएको एसपी पालले बताए । उनले भने “कसैले कुनै वाहानामा पनि वन्द गराउन पाईदैन यदी बन्द गराएर जनतालाई दुख दिनेलाई हामीले छाड्दैनौं, जनतालाई शान्ति सुरक्षा दिन हामी प्रतिवक्त छौैं ।” पोखराका मुख्य चोकहरुमा प्रहरी तैनाथ गरीको छ भने सडकहरु विहानै देखि सुनसान भएको छ । सडकमा केहि बालबालिका देखि युवाहरु समेत विभिन्न खेलहरु खेलेका देखिन्छ ।

भारतले नेपालमाथि लगाएको चरम नाकाबन्दीले नेपालमा देखिएको मानविय संकट समाधानका लागि आबश्यक पहल नभएको भन्दै नेकपा माओबादीले आज नेपालबन्दको आह्वान गरेको नेकपा माओबादीको केन्द्रीय सदस्य साबित्रा दुरा (आस्था) ले बताईन । शान्ति पुर्ण आन्दोलनमा उत्र्रिएका आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकोमा भत्सना गर्दै तत्काल रिहाईको माग गरेकी छन । नेपाली जनता अप्ठेरोमा परेका बेला सरकारले ठोस पहल गर्न नसकेको भन्दै माओबादीले अहिलेको सरकार नालायक भएको निष्कर्ष निकाल्दै बन्दको आयोजना गरेको उनले बताईन । कुनैपनि संकटलाई अन्र्तराष्ट्रियकरण गर्न नसके त्यसको सहि समाधान निस्कन नसक्ने दुराले बताईन । भारतले नेपाल माथि गरेको नाकाबन्दीलाई अन्र्तराष्ट्रियकरण गर्नकोे लागि नेपालबन्द जस्तो कठोर आन्दोलन रोज्नु आफुहरुको बाद्यता भएकोले दुराले जनाईन । यसैबिच पोखराबाट काठमाण्डौको लागि ६ वटा पर्यटक वसहरु समेत काठमाण्डौं प्रस्थान गरेको क्षेत्रिय नाट्टा संघ पोखराका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button